खाई न पाई, ८ करोडको टोपी लाई ! हुस्सु मन्त्री र धुर्त ब्युरोक्रेसीको कथा…

थाइल्यान्डका जुनियर सैनिक अफिसरद्वारा कमान्डरसहित २० को गोली हानी हत्या
बोलीभन्दा गोलीलाई प्राथमिकता दिँदाकाे परिणाम

भाटभटेनीका साहु जसले बालुवाटारमा गैराअवासीय नेपालीलाई डुबाए
आवासीयलाई नै बाँकी नराख्नेले गैरआवासीयलाई के छोड्थे !

माधव नेपालको स्पष्टीकरण : ‘ललिता निवासमा म दोषी छैन ।’
यसैलाई भन्छन्- ऋण नलागे जमानी बस्नु ! बुद्धि नपुर्याउदा परिवन्दमा फँस्नु !

तपस्वी बमजनविरुद्ध पक्राउ पूर्जी, सिन्धुलीको आश्रममा पुग्यो प्रहरी
तर तपस्वी त टाप कसेको खुलासा ।

रामबहादुर बमजन: सिन्धुलीका जङ्गल, झाडीसहित अन्यत्र ‘खोजी जारी’
जङ्गलमा मङ्गल ! तपस्या भङ्गल !

कीर्तिपुरमा नेपाल र अमेरिकाको ‘क्रिकेट संघर्ष’
यहाँ चाहिँ एमसिसी नपसोस् ।

प्रचण्ड भन्छन – ‘एमसीसी अघि बढ्छ ।’
चपाउने दाँत यही हो,  खनाल समिती देखाउँने दांत मात्र ! हैन्त ?

१२० दिन मन्त्री बनेका चन्द्रदेव जोशीलाई अख्तियारले नखाएको बिष पिलायो ।
डेमोक्रेसीमा कसैलाई सिध्याउनु छ भने १२० दिन मन्त्री बनाई दिनुस्, ब्युरोक्रेसीले माटोमा मिलाई दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com