आजका हेड्लाइनहरु, Headline Humors

प्रकाशित मिति: ४ फाल्गुन २०७६, आईतवार १०:१७

सरकारमा जानु भूल थियो, अब राप्रपालाई आदर्शवादी बनाउँछु : कमल थापा
यसको अर्थ : पाउँदा छोडिन्न, छैन खाँदिन भन्ने हो !

‘नेपालमा रक्सीको नियमन निती रोक्न बेलायत र ईयूको दबाब’
युरोपियन रक्सीको ब्यापार नघटोस भन्नेमा सजग रहेछन् !

शिवपुरीको जग्गा कौडीको भाउमा कसले दियो, छानविनपछि कारबाही गर्छु: प्रधानमन्त्री
होस् पुर्याउनु होला, प्रधानमन्त्री ताक्ने मुडो, बन्चरो ताक्ने घुँडो नहोस !

कोरोनाभाइरस: चीनबाट उद्धार हुँदै गरेका नेपालीमध्ये कोही रोमाञ्चित, कसैमा बेचैनी
चौधदिन सम्म नजराबन्ध बस्नु पर्दा रोमाञ्चित पनि बेचैनी हुने सम्भावना ।

प्रणय दिवस: प्रेमको उत्सव मनाउने एउटा विशेष अवसर, तर ‘यही दिन कुरिराख्नुपर्दैन’
पति-पत्नीको झगडा परालको आगो भन्छन, कहाँ सधै फोटो पोस्ट्याउँन मिल्छ र !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com