महराको फैसला आज, छुट्लान् कि टुट्लान् ? Headline Humor

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार ०९:५०

 

लेलेको वनमा नग्न अवस्थामा युवतीको शव भेटियो
ढोंगीको अन्तिम प्रेम स्पर्शपछी शिकार भएको आशंका !

‘सरकारलाई ‘पास मार्क’ दिन सकिन्न ।’ -कांग्रेस
‘प्रतिपक्षसंग सरकारलाई फेल गर्ने हैसियत पनि छैन ।’ -नेकपा

गण्डकी प्रदेश : पहिले चिप्लेकिरा, अहिले कछुवा
सर्प बनेर दौडियोस् भन्ने जनताको चाहना, भ्यागुत्तो झैं उफ्रिने सरकारको सम्भावना !

खाद्यान्नको मूल्यवृद्धि १० प्रतिशत नाघ्यो, तरकारी ५० प्रतिशत महँगो !
बिरोधका स्वरमा फोहरको बिर्को लागेको आशंका !

‘सरुवा–बढुवामा नेता र जनप्रतिनिधि नगुहार्नुस् ।’-मन्त्री बाँस्कोटा
पहुँच भए आफैं गर्नुस् , नभए हेरेर मर्नुस् । हुनेवाला केहि छैन !

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै दुई अर्बको कारोवार
तेहरो बढ्दा त साँवा उठ्दैन, जाबो दोहोरो अंक !

मुख्यमन्त्री गुरुङको मदिरा प्रकरणमा स्पष्टिकरण : ‘गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघट हो ।’
प्रदेश सरकारले नयाँ नियम ल्याउँदै, पारिवारिक कमघटमा घटघट पिउनं नपाइने । मोबाईल बाहिरै राख्नु पर्ने ।

महराको अन्तिम फैसला आज : छुट्लान कि नछुट्लान ?
भाग्यले जोगिएका सयौं महरा खुल्लमखुल्ला घुरहेका होलान् , दुर्भाग्यले चिप्लिएका बरा महरा अब छुट्लान् । महराको छातीभित्र फुलेको त्यो फुल, सकेसम्म जिन्दगीमा गर्ने छैनन् भुल !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com