यस्तो केक आउँदैछ भन्ने प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन ? Headline Humor

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार १०:२०

बर्दीमै टिकटक बनाएपछि नेपाल प्रहरीका सई कारबाहीमा
सधैं बर्दीमा ठीकठाक बस्दा दिक्क लागेर टिकटक बनाएको हुनसक्ने  !

प्रधानमन्त्रीले नेपालको नक्सा अङ्कित केक काट्दा सामाजिक सञ्जालमा आलोचना
प्रधानमन्त्रीले बिगतको आफ्नै भावनामाथी  खिसिट्युरी गरेको अवस्था !

खोकनालाई पुरानै स्वरुपमा फर्काइने
तोरी पाईदैन, तेल ल्याइंदैन पुरानै अवस्था कसरी होला र !

काँग्रेस नेता सुरेन्द्र पाण्डेको जीवन : ‘म ‘अनेस्ट्ली’ भन्छु, राजनीति सुखको पेसा होइन।’
सुखको पेशा होइन, मरिहत्ते गर्न कोही छोड्दैन, अचम्म छ !

गर्भमै तुहिने भो वामदेवलाई ‘प्रधानमन्त्री बनाउने’ कार्यदल
संविधान संशोधनको कहर, बामदेवको रहर, बाध्यता छ र !

कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव
रहुसिने प्रधानमंत्री र हौस्याउने जन्तीहरुको अधोगतिको परिणती !

 

फोटो साभार : ( सामाजिक संजाल )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com