पुस्तकमा कर, वाईफाई फ्री Headline Humor

प्रकाशित मिति: १६ फाल्गुन २०७६, शुक्रबार ०९:०१

ओली मौन, प्रचण्ड र माधव नेपाल रक्षात्मक
ओलीले मौनताबाट शक्ति आर्जन हुन्छ भन्ने बुझेका हुनसक्छन् !

बाँस्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने- ‘सरकारलाई बद्नाम गर्ने प्रयास भयो ।’
प्रयास कसको तर्फबाट भन्दा।संचारमन्त्रीको तर्फबाट ।

ओलीलाई भेटेर शेखर कोइरालाले भने- ‘राजीनामा दिनुस् ।’
जवाफमा ओलीले भने – ‘जाँतोलाई भन्दा हातलाई खसखस् हुनु राम्रो होइन !’

खतिवडाले मुस्कुराउँदै भने- ‘२१ गते सपथ छ, त्यो दिन फेरि तपाईंहरूसँग भेट हुन्छ ।’
अर्थात् मिले मन्त्रीको रुपमा, नमिले जन्तीको रुपमा अवश्य भेट हुन्छ !

‘पार्टीमा भूमरी पर्ने, भत्किने, फुट्ने भइरहन्छ ।’ -प्रचण्ड
अर्थात्, कार्यकर्ताले सधैं यस्ता अनिष्ट भोग्न तयार भएर बस्नु पर्छ !

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
भ्यागुत्ताको धार्नी कहिल्यै नपुगे झैं चिन, इरान, इटाली, कोरिया उफ्रेको उफ़्रेइ छ, सजिलो होला के ?

पुस्तकमा कर: विवादबारे थाहा पाउनुपर्ने तीन कुरा
स्वदेशी पुस्तकमा तहगत २० प्रतिशत नाफाको वानी परेकालाई बिदेशी पुस्तक आयातमा समस्या !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com