लुटेरालाई छाता ओडाउने नेता को को हुन् ? Headline Humors

प्रकाशित मिति: १८ फाल्गुन २०७६, आईतवार ०९:३७

कोरोनाको त्रास : सांसदहरु भन्छन्, ‘कोरोनामुक्त भनेर मूर्खता प्रदर्शन नगरौँ’
अरुबेलाको स्याहार, कोरोना आउँदाको बिस्याहार नहोस् ।

मालपोतमा घुसखोरी घट्यो, घुसखोरीका कारक सेवाग्राही: मन्त्री अर्याल
अर्थात, कर्माचारीले खान्न खान्न भन्दा ब्यबसायीले जबरजस्ती घुस खुवाऊंछन् !

नेकपामा ‘युद्धविराम’ : बामदेव राष्ट्रियसभामा, खतिवडा ६ महिना अर्थमन्त्री !
मर्नुभन्दा बहुलाउँनु निको, बाँच्ने उपाय यहि हो,कार्यान्वयन गर छिटो !

वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन हुन्छ : ईश्वर पोखरेल
तर, अर्थमन्त्री अहिले खतिवडालाई लाई,त्यसपछी मलाई बनाउनु पर्छ !

माधव नेपाललाई आफूतिर तान्ने ओलीको प्रयास
बोलाउने भनेको नै आउने जाने वानी परेकालाई न हो

लुट्नसम्म लुट्नेहरु छन्, नेताको छाता ओढेका छन् : ईश्वर पोखरेल
लुटेरालाई छाता ओडाउने नेता को को हुनुहुन्छ ? नाम सुन्न पाइन्थ्यो कि !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com