‘बिधेयक पास नभएपनि गाँजा अवस्य पास हुन्छ ।’ -गाँजोलोजिस्ट Headline Humor

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार १०:३२

अनौठो दुर्घटना : पुलको बारमा लडेका युवकको पेटमाथि चढ्यो मोटरसाइकल
‘सधैं घोडा चढ्दो साथी, आज घोडा उसैमाथी’ भनेको यही होला !

सेनाभित्रको भ्रष्टाचार अख्तियारलाई छानबिन गर्न दिन सुझाव
अख्तियारका हाकिमहरुको ‘बुलड पेरेसर’ बढ्ने भयो !

किताबमा नमिलेको हिसाब : भारु १८०, नेरु ४७२
‘हिसाब किताब नमिलेपछी झगडा हुन्छ’ भनेको ठिक रहेछ !

नवनियुक्त भारतीय राजदूतले भेटे उपप्रधानमन्त्री
कोरोनाको त्रासमा औषधी नरोकिदिने प्रस्ताव गरे त हाम्रा मंत्रीजीले ?

‘द सिटी अफ लन्डन’ले फिर्ता लियो आङ साङ सुकीलाई दिएको सम्मान
सुकीले भनिन् – ‘मेरो केही जाँदैन । उनैले दिए, त्यहि फिर्ता लिए !’

मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला बढी ।
दान गर्न त मन पनि कोमल हुनुपर्यो नि !

एउटा विज्ञापनको लागि सलमानले लिए एक दिनको ७ करोड
हैन, पैसालाई रुखका पात सम्झिन्छन् कि के हो !

कोरोना आतंक : कोरोना आशंकामा हालसम्म ४३२ वटा नमूना परीक्षण, कसैमा पनि पुष्टि भएन
फेकन्युजको आतंकले हजारौं दिप्रेसनमा जाने खतरा !

किन भागे टेकुबाट कोरोना आशंकित ?

कोरोना होइन, तिनलाई ‘डराउना’ लागेको हुनसक्छ !
गाँजा बिधेयक पास हुन्छ त ?

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com