नेपालमै मृगौला प्रत्यारोपण : बन्न सक्छ अन्तराष्ट्रीय किड्नी हब ?’
प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार ०८:४९
चौथो बुजुर्ग बोले -‘समस्यामात्र हैन साथीहरु, सम्भावना पनि संगै अाउँछ । पर्यटनमंत्रीजी पर्यटकको लर्को ल्याउने सपनामा छन् । कोरोनाको कारण तत्कालै त्यो सम्भव छैन । अरु मृगौला प्रत्यारोपणलाई नै आम्दानीको श्रोत बनाउन स्वास्थ्यमन्त्रीसँग सहकार्य गर्लान् ।’
‘कस्तो सहकार्य ?’ मैले सोधेँ । उनले भने – ‘स्वास्थ्यमन्त्रीलाई भन्लान् – भानुजी, मलाई एउटा आईडिया पलायो । देशमा मेडिकल टुरिजमको सम्भावना आयो ! सरकारी अस्पताललाई स्तरोउन्नती गरौं । राम्रा राम्रा संरचना बनाऔं । प्रयाप्त श्रोत साधान खन्याऔं ! सबै नेपालीले उपचार देशमै गराउन् । एसियालीहरु दौडिएर आउन् ।’ म उनको आईडियाको फ्यान भैसकेको थिएँ । थपे -‘जब तिनले स्तरीय सेवा पाउनेछन् तब बिदेशीले डलरमा दस्तुर खन्याउने छन् ! देशको रुपैयाँ देशमा रहन्छ । बिदेशको डलर पनि हाम्रैमा ओईरिन्छ ।’
मृगौला उपचारलाई समस्या भन्ने पहिलो पड्कियो- ‘तपाइंले भनेको पनि समस्या नै हो ! पहिलो कुरा त मन्त्रीले प्रस्ताव नलान सक्छन् । लगेपनी प्रधानमन्त्रीले यस्तो कुरो नखान सक्छन् !’ उनले कानैमा आएर भने – ‘ उता कमिसन एजेन्टको कुरो बेग्लै छ । आफुलाई फाइदा हुने भए काइदाको योजना भन्दै आउलान् । नहुने भए अख्तियार लाउलान् । त्यसैले सबैभन्दा पहिले कमिसन एजेन्टसँग कुराे मिलाउनु पर्छ ।’
मलाई त कुरो ठिकै लाग्यो । तपाईंलाई नि ?