रेल चलाउने कर्मचारी किन भेटिएन ? Headline Humor

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहीबार ०८:५६

‘मिटरमा किन गुड्दैनन् काठमाडौंका ट्याक्सी ?’ -आजको प्रश्न
‘१५ बर्ष अघिको मिटरको दर, हिड्न नमान्नु हाम्रो कहर ।’ -टेक्सिको जवाफ

पूर्वमाओवादीमा स्वीकार्य बन्दै दौरा सुरुवाल, अब प्रचण्ड मात्र बाँकी !
बाँकी भए चाँडै तिर्छन् उनले ।

बेलायतबाहेकका युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध
कोरोनाको कहरमा ठुलाबडामात्र सल्लाह गर्ने रहर त हैन !

सरकारी विधेयकमा कांग्रेसको पूर्ण समर्थन, नेकपाको संशोधन
पश्चिमबाट घाम उदाउने सम्भावना बढ्यो !

मनोज भेटवाल : महानगरको आशिर्वाद पाएका नटवरलाल
आशिर्वाद पाउन गुरुभेटी कति चढाएका होलान् ?

रेल चलाउने कर्मचारी भेटिएनन्, एक जनाको पनि परेन आवेदन
विज्ञापनलाई पनि हाँसी मज्जाको लेख ठानेका हुनसक्ने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com