कोरोनाको त्रास : एसियालीहरुको मस्तिष्कमा मल्हम लाग्ने आश ! Headline Humors

प्रकाशित मिति: २ चैत्र २०७६, आईतवार ०९:२१

कोइराला परिवारबाटै कांग्रेस सभापति हुनुपर्छ भन्ने छैन : शेखर कोइराला
अर्थात, देउवा र पौडेलले हानाहान गर्दैमा हाम्रो भागमा आउँनेवाला छैन !

सार्क राष्ट्रबीच आज भिडियो वार्ता, प्रधानमन्त्री ओली सहभागी हुने
भिडियोबाटै देश चलाएका प्रधानमन्त्रीले सार्क हल्लाउने अनुभव बटुल्दै !

सादा पोशाकमा कार्यरत ७४ प्रहरी जिम्मेवारीबाट हटाइए
स्वछन्द जीवनमा कोरोना पसेको महशुस गर्दै होलान !

कोरोनाभाइरसः डब्ल्यूएचओ भन्छ, ‘महामारीको केन्द्रबिन्दु अब युरोप’
एसियालीहरुको कोरना त्रासमा, आशको मल्हम लाग्ने सम्भावना ।

कोरोना भाइरस : कतिपयमा मजाक र गफगाफको विषय बन्दै छ
यसैलाई भनिन्छ- ‘आकाशको राहु पातालको केतु, पर्दै नपरी कसरी चेतुन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com