कानुन् तोड्दै विदेश छोड्दै ! -आजका हेड्लाइनहरु

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलवार १०:१३

२१ वर्षीय स्पेनिस फुटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

युवाहरुलाई कोरोनाले खासै छुँदैन भन्नेहरुलाई लोप्पा !

कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता, २० हजार थान सेफ्टी किट किन्ने
बाँचे न भत्ता ! पहिला सेफ्टी किट किन्नु पर्छ,अनि मात्र भत्ता ।

‘दह्रो खुट्टा टेक्न’ सिटौलालाई गगन-प्रदीपको आड
अर्थात,ऐले आड दिएर पछि माँण खान पाइन्छ भन्ने आश !

स्यानिटाइजर छर्केर मात्र सेवा दिन थाल्यो साझा बसले
सफा गरेको बसमा फोहोरी बस्नुहुन्न भन्ने यात्रुले भुझे भने अर्थ रहला ।

क्याम्पबाहिर निस्किएका नेपालीलाई कतारले गर्‍यो डिपोर्ट

कानून् उलंघन गरौँ, स्वदेश फर्कियौं भन्ने अभियान चल्ने खतरा !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com