‘लक डाउन’ले मात्र हुन्न ‘टेष्ट अप’ बढाउ सरकार ! Headline Humors

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार ११:५९

‘अहिलेको संकटमा हामीले सबै कुरा पोजेटिभ होस् भनेर सोच्नु पर्छ ।’-केशव गजुरेल
‘तर एउटा कुरा सधैं नेगेटिभ सोच्नु पर्छ – कोरोना टेस्ट रिपोर्ट ! -कृती गजुरेल

‘लकडाउन पर्याप्त होइन, परीक्षण बढाऔं ।’ -प्रकाशमान सिंह
‘विपक्षीको बोली, सुन्नै पर्छ है, प्रधानमन्त्री ओली !’ – सर्वसाधारण

‘लकडाउन’मा पनि व्यस्त कालीमाटी तरकारी बजार
ब्यस्त नभएर के गर्नु दाल चामल भए पो कुहिंदैनथ्यो !

बिरालोमा पनि देखियो कोरोना भाइरस
नेत्रहीनहरुले हात्तीको स्वरुप पत्ता लगाउँन खोजे जस्तो कुरा !

‘कोरोनासँग जुध्न सहमतिको सरकार आवश्यक छ ।’ – रामचन्द्र पौडेल
देशलाई कोरोनाको चिन्ता, रामचन्द्रजी लाई प्रधानमन्त्री बन्ने इच्छा !

तिक्तता छोडेर अमेरिका-चीनले सँगसँगै काम गर्ने
कोरानाको कहर, रुन्चे हाँसोकाे रहर !

युरोपको एकमात्र देश बेलारुस जसलाई छैन कोरोनाको डर
दशा बाजा बजाएर आउँदैन है मित्रहरु, अहंकार नगर्नुस् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com