बिपद्काल बाठाहरुको कमाउने अवसर नबनोस् !

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलवार १४:३२

अहिले देश दुखी रहेको छ । बिदेश रोई रहेको छ । कोरोनाको कारण सिंगै मानवजाती त्रसित छ । मानवजाति संगी पशुपंक्षि र प्रकृतिपनि अभिवाभक विहिन भएको छ । मान्छेको बिजोग छ । पशुको दुर्दसा छ । पंछीको बिल्लीबाठ छ । जनधनको थुप्रै क्षती भएको छ । अन्नपातको बिग्रिएको छ । सबैलाई भविश्यको चिन्ता छ ।

धेरै मानिसहरु सेवामा जुटि रहेकाछन् । सहयोगका हात उठी रहेकाछन् । सद्भावको लहर चलि रहेको छ । मानवीय सवेदना जाग्रित भएको छ । राष्ट्र्यि एकता बलियो बनेको छ । वैस्वीक सहकार्यको संभावना बढेको छ । लाग्छ, बिपत्तीले मात्रै मानिसलाई एक गराउन सक्छ ।

तर, बुझ्नु पर्छ, यो विपत्ती अस्थायी हो । बिस्तारै बिजोग मथ्थर हुन्छ । समाजसेवीहरु आफ्नो नियमित काममा लाग्छन् । राज्यहरुले बत्तब्य निकाल्छन् । यति राहत बितरण गरियो । त्यतिलाई उद्धार गरियो । स्थिति नियन्त्रणमा आईसक्यो । अब देश उन्नतीतिर लाग्छ आदी इत्यादि । त्यसपछि हामी सोचाईको पूर्वअवस्थामै फर्कन्छौं ।

सरकारले उद्धार भईसक्यो भनेपनि खेतमा बाली हुंदैन । घरमा अन्न हुंदैन । लाउने कपडा हुंदैन । ओड्ने ओछ्याउने नहुन सक्छ । समाजसेवीहरुले एक प्याकेट चाउचाउ दिएर फेसबुकमा तस्वीर हाल्छन् । सेल्फी हल्का भएपनि पीडितको पिंडा निकै कडा हुन्छ ।

सहयोगी हातहरु प्नि बिस्तारै मथ्थर हुन्छन् । सञ्चार माध्यामपनि पीडितबाट टाढिंदै जान्छ । समाजसेवीहरु सेवाको अर्को मेवा टिप्न थाल्छन् । गोहीको आंशु झार्ने मानिसपनि लाखापाखा लाग्छन् । त्यसपछि मान्छेको जीवन बिपत्तीले पारेको मानसिक, पारिवारिक र आर्थिक प्वाल टाल्दै बित्न थाल्नेछ ।
कमजोरहरु त्यही पुरानै जीवन र शैली छोड्न सक्दैनन् । त्यही घरमा बस्छन् । उनिहरुलाई देखाएर समाजसेवाको खेती गर्नेहरु अर्को महल थप्न सक्छन ् ।

यस्तै हुन्छ भनेर ठोकुवा कसरी गर्न सकिन्छ ? कसरी भने, हिजो हामीले भुकम्प पीडितको अवस्था देखे भोगेका छौं । देशबाट थुप्रै पैसा उठेको थियो । बिदेशबाट धेरै सहयोग आएको थियो । कतिले घर बनाई दिन्छु भनेक थिए । कतिले बस्ती निर्माण गर्ने आस्वासन दिएका थिए । कतिले त देशै बनाउने घोषणा गरका थिए ।

तर भुकम्पको पींडा जस्ताको तस्तै छ । भुकम्प पीडितको अवस्था जहांको तंही छ । यदि हामी चुप बस्यौं भने कोरोनापछिको आम मान्छेको अवस्थापनि यो भन्दा फरक हुने छैन ।

यसलाई गलत सावित गर्न केही एक्सन गर्नु पर्ने देखिन्छ । सेवाको सेल्फी खिच्न बन्द गर्नु पर्छ । सेल्फी भनेको आत्म प्रचार हो । अत्मप्रचारले सेवालाई ब्यवासायमा परिणत गरिदिन्छ । राहतलाई एकद्धार नीति लागु गर्नु नराम्रो हैन तर झ्यालहरुपनि खुला राख्नुपर्छ । ताकि एकद्धारमा जाम भयो भने आपत्कालमा झ्याल, जस्केलो, कौसी, भर्यांगबाट पनि सेवा गर्न सकियो ।

हाम्रो भुकम्पका बेला यही नाममा राज्यकोषमा अर्बौ रुपैंया जम्मा भएको थियो । बांग्लादेशले पठाएका चामल अहिलेपनि कसै सरकारी गोदाममा कुहिएको अवस्थामा होलान् । संघसंस्थाले उठाएको राहत रकमको हिसाब किताव न राज्यले खोजेको छ न त संस्थाले बुझाएका छन् । ब्यक्तिगत रुपमा उठेका सहयोगहरुको क्रस चेकिंग कतै बाट भएको छैन ।

साबधान, यो बिपद्कालमा पनि यस्तो नहोस् । सोझा जनतालाई आएको बिपद् बाठाहरुको कमाउने अवसर नबनोस् ।

(नोटः २०७२ सालको भुकम्पको बेला लेखिएको आर्टिकलबाट सम्पादित)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com