प्रधानमंत्रीलाई ‘कमेडी च्याम्पियन’का निर्देशकको निर्देशन : ‘तबसम्म टि.भी.मा नआउनोस् जबसम्म…

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार १०:२३

-बिशाल भण्डारी
निर्देशक, कमेडी च्याम्पियन

 

 

 

सम्माननीय प्रधानमन्त्रीज्यु,
बालुवाटार, कामठंडौ ।

बिषय : अर्को सम्वोधनका लागि टिभिमा नआउनु हुन ।

उपरोक्त सम्बन्धमा तलका केही प्रश्नहरुको जवाफ र कामको कार्यतालिका स्पष्ट नबनुन्जेलसम्म जनता सामु नआउनु हुन अनुरोध छ ।

१. नेपालका बिभिन्न स्थानमा अलपत्र परेका नागरिकहरुको उद्धार सम्बन्धमा स्पष्ट कार्ययोजना अनाउञ्जेलसम्म !

२. शहरमा जीवन धान्न नसकेर गाउँ फर्कन चाहाने निम्न आय भएका मजदुरहरुको रोजीरोटीको खाका नबनुन्जेलसम्म !

३. बिभिन्न शहरका डेरामा थुनिएका बिद्यार्थीहरु र वैदेशिक रोजगारमा निर्भर परिवारको हातमुख जोड्ने नीति निर्माण नगरेसम्म !

४. दैनिक ज्यालादारीमा परिवार चलाउने मजदुर र तिनमा आश्रितहरुको पेटको सवाल हाल नभएसम्म !

५. नेपाल-भारत सिमानामा अड्किएका मानिसको सुरक्षित घरफिर्ती कार्यक्रम तय नहुन्जेलसम्म !

६. विदेशमा अलपत्र मुस्किलले दैनिक गुजारा मात्र गर्दै आएका बिध्यार्थीको भविष्य निर्धारणको नभएसम्म !

७. बैंक लोनबाट चलेका महिनाभर कमाएर बल्ल तल्ल EMI तिरेर घर चलाउदै आएका साना उधमीको डर समाप्तिको कार्यक्रम नआएसम्म !

८. ठप्प निजी व्यवसाय र त्यस्मा निर्भर कामदारको सन्दर्भमा दीर्घकालिन कार्ययोजना तयार नभएसम्म !

यस बाहेक मैले सम्झना नसकेका थुप्रै बिषयहरु छन् । केवल ‘दुखित छौं’, ‘गम्भीर छौं’, ‘सोचिरहेका छौं’, ‘अत्यन्तै चिन्तित छौं’, ‘ध्यान गएको छ’, ‘वैठक बस्दैछ’, ‘छलफल हुँदैछ’ जस्ता शब्दको भकारी मात्र लिएर टिभिमा नाझुल्किनु होला । आश्वासनले आश्वस्त हैन, आक्रोसमात्र बढाउँछ ।

आजको सुटिङ्ग यहीं सकिन्छ, प्याक अप !!!

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com