१० बर्षअघि नै लेखिएको ‘दिवेसहरु’को सफलता : ‘बेभर्ली हिल्समा गोर्खाली सान !’ Congratulation Aurther Gunn

एक दशक अगाडि यो कथा मैले दिवेस पोखरेलकै लागि लेखेजस्तो भयो…

“…र, केही वर्ष वा दशकपछि कोही नेपाली भाषीले अमेरिकामा कुनै क्षेत्रमा ठूलो सफलता प्राप्त गर्नेछ । उ हलिउडको नम्बर एक कलाकार बन्नेछ । नेवर्ली हिल्समा उसको घर हुनेछ । सिएनएनमा उसको अन्तर्वार्ता आउँनेछ । अमेरिकी राष्ट्रपतिले ह्वाईटहाउसमै भेट्न बोलाउनेछन् । अथाह सम्पती कमाउनेछ । आफ्नो मुलभुमी नेपाललाई थुप्रै च्यारीटी गर्नेछ । त्यो भन्दाज्यादा विश्वका लागि नेपाली साँस्कृतिक दुत भएर नेपालको नाम चम्काउनेछ !”

उसको अपार सफलताले हामी गौरवान्वित हुनेछौं । त्यसपछि नेपाली, गोर्खाली खुकुरी वा टोपीको साइनो जोडेर उसलाई ‘हाम्रो मान्छे’ भन्न थाल्नेछौं । अभिनन्दन र सम्मानका भारी खोलो बगाउनेछौँ । उसलाई नेपालमा लगानी आह्वान गर्नेछौं । तर यो काम पहिल्यै गर्नु पर्दथ्यो, जतिबेला उसलाई आवस्यक थियो ।

मैले भनिसकें याे कथा हो । कथा सधैं अर्धसत्य हुन्छ । नेपाली माटोको सुगन्ध बोकेका दिवेस पोखरेलले यो कथालाई सानै अंशमा भएपनी सत्य सावित गर्दैछन् । अमेरिकन आईडलको उत्कृष्ट ५ मा पुगेका उनलाई अहिले हाम्रो भोटको खाँचाे छ । सबैले उनलाई भोट गरौं । नेपाली माटो र संस्कृतिकाे सुगन्धलाई विश्वसामु फैलाउँ ।” VOTE FOR Arthur Gunn.

संसारभरिका नेपाली भाषीहरुलाई नेपाली झण्डामुनि गोलबन्द पार्न नसकिएला तर हामी भाषा र संस्कृतिको डोरीले नछुट्टिने गरी बाँधिन सक्छौं । अल्मोडा, कुमाउं, गढवाल, नेपाल, दार्जिलिङ, सिक्किम, भुटान आसाम – जहाँ जहाँ नेपालीभाषी छन् तिनीहरुलाई भाषाले जोड्न सकिन्छ ! वर्मा, मलेसिया, थाइल्याण्ड,फिजी, बेलायत, अमेरिका – जता रहेपनि ‘संस्कृति’ले कस्न सकिन्छ।

यो सत्य हो, केही दशकभित्र माथि कल्पना गरिएझैं थुप्रै ‘दिवेसहरु’ तेश्रो मुलुकमा जन्मिने छन् । यो यथार्थलाई बुझेर नेपाली भाषालाई जीवन्त राख्न, संस्कृतिहरुलाई कालान्तरसम्म संरक्षण गर्न, नेपालमा लगानीको सम्भावनाको ढोका सधैंभरी खुला राखिरहन- नेपाल देशले ‘विशेष नीति’ बनाउन र ल्याउन जरुरी छ ! न कि ‘कुचोले बढाउनु पर्ने कसिंगर हावाले उडायो’ भनेर दंग पर्ने !!

(नोट : लेख्दा लेख्दै दिवेस अमेरिकन आईडलको उत्कृष्ट २ मा पुगेको खबर आयो । बधाई तथा शुभकामना । सधैँ भन्न पाउँ- ‘यो मन त हाम्रो नेपाली हो ।’ न कि – ‘नेपालीले मायाँ मार्यो बरिलै !’)

 

हेर्नूस : सम्बन्धित आर्टिकल – ‘नेपालीले माया मार्ला बरी लै !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com