सके प्रधानमन्त्री फेर्ने, नसके चौतर्फी घेर्ने -भारतको भाँणनीति !

प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार १०:२२

‘आलोपालो छाडेर गल्ती गरेछु, ओलीमा अहंकारमात्र बढ्यो’ : प्रचण्ड
अर्थात् , दाहाल इर्स्या र ओली घमण्डबीचको द्वन्दले विचार र ब्यबहारमा छन्द नमिलेको ‘मने’ निश्चित हो !

‘नेतृत्वलाई खुइल्याएर कद बढ्दैन, पार्टीमा बहुमतको खेल भयो’ : ओली
नेतृत्वलाई तेल लाउँदा नेताको मात्र कद बढ्ने भयो, अनी के गरुन त  !

मेलम्चीमा सरकारको नयाँ भाका : जनताले पानी पाउन अझै एक वर्ष कुर्नुपर्ने
अव त टिप्पणी गर्न पनि आफैंलाई कुरीकुरी लाग्न थाल्यो ! अहँ, केही भन्दिन !

‘पार्टीले के भन्छ मलाई मतलब छैन, नागरिकतामा महिला-पुरूष बराबर हुनुपर्छ’: शेखर कोइराला
अर्थात् , ज्वाईंलाई अपमान गर्न पाइँदैन भन्ने मेरो माग हो !

नीति कार्यक्रममार्फत गाउँपालिकाले गर्‍यो चाउचाउ बिक्री बन्द गर्ने निर्णय
आउँदो निर्वाचनमा अहिलेका केटाकेटीले यो नेतृत्वलाई भोट नहाल्ने खतरा !

नेकपा सचिवालयको औचित्यमाथि जनार्दनको प्रश्न
आफुले नपाए भाँडमै जाए  ! भन्नु भएको त होइन कमरेड ?

यसपटकको एसइइ परिणामका सकारात्मक पक्ष के के होलान् ?
कसैले सुसाइड गरेन, भागेर बिहे गर्नु पनि गरेन !

तत्काल ओली सरकारसँग वार्ता नगर्ने भारतको रणनीति
अर्थात्  सकेसम्म प्रधानमन्त्री फेर्ने, नसके बिस्तारै घेर्ने ! 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com