अहिलेको प्राकृतिक विपत्तीमा मान्छेको हात कति प्रतिशत छ ? जान्नै पर्ने हिसाब !

केशवराज गजुरेल

लगातार परेको बर्षाका कारण देशभित्रका बिभिन्न ठाउँको जनजीवन अस्तब्यस्त भएको छ। कतै बाढीले बस्ती डुबाएको छ भने कतै पहिरोले घरै बगाएको छ त कतै पुल नै भत्काएको छ। आउनोस्, यो प्राकृतिक विपत्तीमाथी सानो चिन्तन गरौं ।

बेलाबेला घट्ने एकाध घटनालाई प्राकृतिक विध्वंस मान्न सकिन्छ, दैविक संकट भन्न सकिन्छ। तर, यस्ता अधिकांस विपत्तीका पछाडी मान्छेकै आपतिजनक क्रियाकलापको रहेको हुन्छ, मान्छेले यो कुरा स्वीकार्नु पर्छ । मानिसमा प्राकृतिक श्रोत र साधनलाई आजकै लागिमात्र प्रयोग गर्ने बानी छ । भोलीलाई पनि चाहिन्छ भन्ने कुरा मान्छेले बिर्सिन्छ । देखासिखि, हाकाहाकी प्राकृतिक सम्पदा बेचेर हामी निजि सम्पति बनाउछाैं जुन बिपत्तीको कारण बन्नेगर्छ ।

एक पटक फर्केर हेरौं त – मान्छेले के के गरेन ! खोलालाई खुम्च्याएर कुलो बनायौं ! त्यसैको वरिपरी बस्ती बसायौँ ! अनि खोला बस्तीमा नपसेर कहाँ पस्छ त !

हामीलाई जंगल फांड्नु हुँदैन भन्ने ज्ञान छैन ! रुख काट्नु संगै रोप्नु पर्छ भन्ने कुरामा ध्यान छैन। ज्ञान भएपनि मन छैन, फुर्सद पनि हुँदैन ! जंगल फाँड्छौं, टूना झार्छौँ, दाउरा बाँड्छौँ, डांडाकाँडा नाङ्गो पार्छौं ! यसो गरेपछी डाँडामा मात्र होइन, गहिरोमा पनि पहिरो जाने नै भयो, छेउका बस्ती लाने नै भयो !

पुल बनाउने बेलामा सस्तो ठेकेदार छान्छौँ, ! आफुलाई पनि कमिसन माग्छाैं ! उसले पनि कमसल सामान किन्छ ! तपाईंलाई पनि कमिसन प्रशस्तै दिन्छ ! बाँसका खुट्टी ठड्याएर टाढ बनाउँछौं ! त्यसैमाथी हात्ती दौडाउँछौं ! एकदिन, दुई दिन पो थाम्छ त ! कुरा त्यस्तै हो, अनि कमसल माल र कमिशनको पेलानमा परेको पुल भत्किदैन त ! त्यसैले पुल भत्कियो भनेर चिन्ता गर्नु बेकार छ !

हामी कुरामा जलश्रोतका धनी छौं । ब्यबहारमा जलश्रोतकै कारण गरिब भएको बिर्सिन्छौँ ! दसौं नदि दक्षिण तिर बगेर गएकाछन् ! तराई मधेशका भुमी बगर र मरुभुमीमा परिणत भएका छन् ! सुख्खामा खोलालाई कुलो बनाएर खेत भिजाउने सामर्थ्य र दुरदृष्टी हामीमा छैन ! हामी त केवल खोलामा बगेको पानी हेर्दै डल्ला फोर्ने काम गर्छौं ! छिमेकीले त्यहींनेर सम्भावना देख्छ, पर्खाल बनाएर पानी छेक्छ ! गर्न नसक्नेले हेरेर बस्ने न हो !
हामी छिमेकीले संरचना बनाउञ्जेल रमितामै रमाउछौँ, तब आफ्नो हैसियत गुमाउछौँ ! बेला बितेपछी पछुताउनु सिवाय केहि बिकल्प रहँदैन ! उसले बाँधेको बाँधको अधिकार उसैले लिन्छ ! बाँध हिउंदमा खोल्छ, आफैंलाई पानी लान्छ, बर्खामा थुन्छ हामीला डुवानले हान्छ ! अर्थात, परको मालामाल, घरको बेहाल हुन्छा ! तसर्थ हामी हाम्रै अकर्मण्यताका कारण प्रताडित हुने गरेका छौं !

यसैलाई भनिन्छ – बेलामा बुद्धि बिगारिस पुड्के, ऐले झोक्राएर बस् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com