कछाड लाउने कमरेडको बिदाईमा सुट लाउने कमरेडको मनोदशा !

प्रकाशित मिति: ७ श्रावण २०७७, बुधबार ०८:२९

जोर विजोर हट्यो, लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने
कारमा चढेर कछुवा अनुभूति गर्ने दिन सुरु भएछन् !

१२० दिन लामो लकडाउन हट्यो, तर केही प्रतिबन्ध कायमै – सरकारी प्रतिनिधि
बाँच्ने मन भए जोगिएर हिंड्नु नभए राम नाम सत्य – कोरोना प्रतिनिधि

बजेट खर्चको मार्गदर्शन : कार्तिक १५ भित्र सबै आयोजनाले काम थाल्नैपर्ने
सम्पन्न गर्न भने अनिवार्य रुपमा आषाढ कुर्ने पर्ने बाध्यता !

नेकपाको युद्धविराम ! समस्याको निकास कि सर्वनाशको यात्रा ?
यो न निकास हो न यात्रा, बेलाबेला चलिरहने गाईजात्रा !

ट्रम्पले भने, ‘कोरोना महामारी थप विध्वंशकारी हुनेछ’
मिस्टर ट्रंप, यस्तालाई नेपालीमा भनिन्छ – उजेली पुजेली दिन बिताई, रात परेपछी बिस्कुन सुकाई !

लक्डाउन खुलेपनी गोष्ठी, सेमिनार र भोज भतेर गर्न नपाइने
डलरधारी र अहंकारीहरुलाई आहत, सर्वसाधारण जनतालाई राहत !

कछाड बाँधेर संसद जाने पूर्वसांसद बर्मन बुढाको निधन – हार्दिक श्रद्धासुमन !
बर्मनको ब्रम्हले सोध्यो मलाई, सहि बाटो हिंड्दै छन् कि चिप्ले दाजुभाइ ? 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com