अचम्मका लक्षण कोरोनाका, UUHO तिनछक्क !

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार ११:१५

-दीपक प्रसाद आचार्य ‘काकु’

कोरोना भाईरसले संसारभरी अचम्म अचम्मका लक्षण देखाई रहेको छ । यसै सन्दर्भमा नेपालमा देखिएका लक्षणहरु निकै अनौठा छन् । ती यस प्रकार छन् :-

-राजश्व तिर्न जाँदा कोरोना भाईरस सर्दैन तर अन्य सरकारी सेवा लिन जाँदा झ्याप्पै सरिहाल्छ ।

– दिउँसो हिड्दा सर्दैन तर राति ९:०० बजे पछि कोरोनाले ठाउँको ठाउँ समात्ने नेपाल प्रहरीको निचोड छ !

‌-सरकारी पास बोक्नेलाई ज्यानजाला तर पटक्कै सर्दैन तर सर्वसाधाराणलाई देख्यो कि समाती हाल्छ ।

‌निजि सवारी साधनमा कोरोना भाईरस हेर्नपनी सक्दैन । पब्लिक गाडीमा देख्यो कि अट्याक गरिहाल्छ ।

‌उपरोक्त लक्षणको बारेमा UUHO का नेपालका प्रमुख काकु आचार्य भन्छन् – ‘नेपालको कोरोना कामचोर प्रकृतिको हो । यसले कमजोरलाई हैन, कामचोरलाई बढी खतरा छ ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com