धुलो, नाक र औंलाले गर्यो प्रवक्ता माथी हल्का मजाक !

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार १०:४०

नेकपा विवाद : बहुपद, विवादको जड
लोभले लाभ, लाभले विलाप, बिलापले प्ल्यात !

कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन राष्ट्र बैंकको निर्देशन
थोरै काम, धेरै खाम !

कम्पनी टाट पल्टिएपछि यूटीएलका सञ्चालक सम्पर्क विहीन
अर्थतन्त्र टाट पल्टिएपछि भेटिने प्रहरीको दाबी !

फेसबुक पोष्टको कारणले भारतको बैंगलोरमा हिंसा, प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु
फेसबुक शहीद घोषणा गर, वेवकुफ हुन पाउनैपर्छ ।

गौतम बुद्धबारे भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्ति प्रति परराष्ट्रको आपत्ती
भारत विदेश मन्त्रालयले भन्यो – ‘नेपालका प्रधानमन्त्रीसँग जिस्किएको मात्र हो, बुद्ध नेपालमै जन्मिएका हुन्’ ।

हङ्‍कङ सुरक्षा कानुनः विदेशी शक्तिसँग मिलेमतो गरेको आरोपमा प्रजातन्त्रवादी प्रकाशक जिमी लाई पक्राउ
निरंकुश शासकको धर्म : बन्दुकसँग रमाउछन्, कलमसँग डराउछन् !

‘केपी कमरेड बैठकबाट भागिरहनुभएको छ, अन्तिमसम्म उहाँलाई ल्याउने कोसिस हुन्छ’- माधव नेपाल
भुत अघिअघि, डर पछिपछी : गन्तब्य विहिन यात्रा नेकपाको गाइजात्रा !

‘नाराज़ नेपाल ने भारत से पूछा- गौतम बुद्ध भारतीय कैसे ?’
खुश मन भारत ने बोला – जैसे ठोरी मे बनी अयोध्या, वैसे !

नेपालीलाई लठ्याउँदै टिकटक, लकडाउनपछि प्रयोग झण्डै दोब्बर
टिकटक लठ्याउँदै अमेरिका, केहि दिनपछि झन्डै ठप्प !

प्रवक्ताले नाक कोट्याएको भिडियो भाईरल, सामाजिक संजालमा आलोचना !
‘गल्ति धुलो, नाक र औंलाको हो । अबदेखि झिंगा पसे पनि नकोट्याउने वचनबद्धता !’ प्रवक्ता

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com