महात्मा बुद्धकै अगाडी बुद्धभुमीको झण्डा जलाउँदा… !
प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार १६:१९
महात्मा गौतम बुद्धको दर्शनले सबैखाले अतिवादलाई अस्वीकार गर्छ । तर, बुद्धकै तस्वीर अगाडि राखेर बुद्धभुमीकै झण्डा जलाईएको भिडियो अतिभन्दा पनि एक कदम अगाडि छ । यो धार्मिक, सामाजिक, साँस्कृतिक र राष्ट्रियताकाे दृष्टिकोणले अत्यन्तै निन्दनीय छ ।
-सांगीतिक प्रस्तुतिका नाममा मातृभुमीको झण्डा जलाउनु कलाकारिता हैन, कलंककारिता हाे ।
-गीतका नाममा राष्ट्र निन्दा गर्नु वैचारिक मतभिन्नता हैन, मानसिक छिन्नभिन्नता हो ।
-व्यक्तीलाई मुख छाड्नु अभिव्यक्ती स्वतन्त्रता हैन, व्यक्तीगत अराजकता हो ।
-समुदायलाई गाली गर्नु बैचारिक भिन्नता हैन, साम्प्रदायीक सद्भाव भड्काउनु हो ।
-राष्ट्र निन्दा, सामाजिक अराजकताको अन्त्य गरौं । ‘सयौं थुँगा फुलका हामी एउटै माला नेपाली’को शन्देशलाई लागू गरौं । लागू गराअाैँ । जय नेपाल ।🇳🇵 (तस्वीर सौजन्य : सामाजिक सन्जाल)