नेपाल एयरलाईन्स रित्तै, टर्किस एयरलाईन्समा भरी, कसरी ?

प्रकाशित मिति: ४ भाद्र २०७७, बिहीबार १०:४३

निर्वाचन आयोगले दर्ता गर्‍यो नेकपा एमाले
छायाँ एमालेमा युवा पुस्ता, कोही चिनिन्न उस्तै उस्ता !

निजी अस्पताल र सरकारको जुहारी : कसले बुझेन महामारी !
नीजी कमाउन बिजि, सरकार रमाउन बिजि, क्या ईजि !

प्रचण्डले प्रधानमन्त्री ओलीलाई भने-‘पार्टीमा सल्लाह नगरी नियुक्ति गर्नु भएन’
अर्थात्, तपाईँका मान्छेले मात्र खाएर मेरा भोकै मर्नु भएन !

टर्किस एयरलाइन्सले मान्छे भरेर आउँदा नेपाल एयरलाइन्सलाई चाहिं किन रित्तै फर्काइयो ?
यो प्रश्नको उत्तर दिन सक्नेलाई पर्यटनमन्त्रीले उपहार दिने !

नेपालको झन्डा जलाइएको गीत ‘देशद्रोही’का गायकसहित ९ जना पक्राउ
आफ्नो नाम आफैँ पहिचान गरिसकेका छन् , ‘देशद्रोही’,! जस्तो काम त्यस्तै नसियत होस् ।

चर्को आलोचनापछि सङ्घीय संसद्‌बाट लोगो फिर्ता, पुरानै खर्चमा लोगो बनाउने ‘प्रतिबद्धता’
पहिला कै बोलकबोलमा कुस्त कुम्ल्याएको हुनसक्ने,  कमिसन मिलाएसी कस्ले छुन सक्ने, सक्किगो नि !

सैनिकको कब्जामा रहेका मालीका राष्ट्रपतिद्वारा राजीनामाको घोषणा
गोलीका अगाडी बोलीको केही चल्दैन भनेको यहि हो !

निषेधाज्ञा नमान्नेलाई प्रशासनले कारवाही गर्छ, कोभिडले पाता फर्काउँछ’- प्रमुख जिल्ला अधिकारी
दुबैले नसके आफैं फर्किन्छन्, भगवानका घरमा !

‘नेपालले चाहे कोरोनाविरूद्धको भ्याक्सिन छिट्टै उपलब्ध गराउन पहल गर्छु’: रूसी राजदूत
अमेरिका, चीन वा भारतबाट भए कमिसन घुस  मिल्थ्यो होला, रुसबाट त भुस पनि मिल्दैन होला ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com