राजनीतिमा ‘नेपोटिजम’ र ‘चेपोटिजम’को संबन्ध !

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार १५:४६

 

खासमा ‘अट्याकिकरण’ हुनुपर्ने ‘चेपोटिजम’ प्रति हो तर ‘नेपोटिजम’माथी ‘एब्युजिकरण’ भईरहेको छ । आउनोस्, आज जल्दोबल्दो बिषय ‘चेपोटिजम’को ‘अपरेसनक्रिया’ गराैं ।

‘नेपोटिजम’ शब्द सुन्दा ‘नेपाली पोलिटियनको जामा’जस्तो लाग्छ । तर, यो युनानी शब्द ‘Nepos’ बाट ‘तानतुनलाईज्ड’ भएको हो जसको अर्थ हुन्छ- ‘नेफ्यु अर्थात् भतिजा’ । यसरी ‘भाइ-भतिजाबाद’लाई ‘नेपोटिजम’लाई बढुवालाईज्ड गरियो ।

‘चेपोटिजम’ भने नेपाली भाषाको ‘ज्वाईं चेपाैं’बाट बर्थित भएको हो । उहिले उहिले सम्पन्न ससुरालीहरुले विपन्न ज्वाईंहरुलाई चेपचाप पार्ने चलनलाई ‘चेपोटिजम’ भनिन्थ्यो ।

समयक्रममा ‘चेपोटिजम’मा पोलिटिकिकरण हुन थाल्यो । शक्तिशाली ससुराहरुले ज्वाईंहरुलाई चेप्न थाले । पदासिन सम्धिहरुले ‘अनसिन’ सम्धिहरुलाई ‘एक्सपोजिकरण’ गर्न थाले । यसरी ‘चेपोटिजम’ ‘ज्वाईं-सम्धिवाद’को रुपमा ‘हाईब्रिडकरण’ हुनपुग्यो ।

‘नेपोटिजम’ कलाक्षेत्रमा चर्चित छ भने ‘चेपोटिजम’ राजनैतिक क्षेत्रमा । चेपोटिजमले राम्रालाई भन्दा हाम्रालाई च्याप्ने गर्छ । योग्यतालाई भन्दा भोग्यतालाई प्राथमिकतामा राख्छ । क्षमतालाई भन्दा आफन्तलाई च्यापिलाईज्ड गर्छ ।

हुनेखाने आफन्तले कमजोर आफन्तलाई च्याप्नुलाई ‘चेपोटिजम’ भनिंदैन, याे ‘ठिकहाेटिजम’ हो । तर, एउटा ‘सम्पन्नायर्ड’ले अर्को ‘मिलियनपति’लाई जुनसुकै नाममा भएपनी ‘पदलाईज्ड’ गर्नु कडा खालको ‘चेपोटिजम’ हो ।

सालालाई एड्भाईसदाता, सालीलाई पिएकर्ता, पतिलाई सचिवा-लयर, पत्नीलाई लिगल-गफिसर, भान्जालाई सल्लाहालाेजिष्ट, भान्जीलाई आईडियाविज्ञ, भतिजलाई मिडियाशाष्त्री बनाउनु पनि चेपोटीजम नै हो । यसले योग्यलाई ‘हेपोटिजम’ र अयोग्यलाई घमण्डीजम बढाउँछ । यो रोकिएन भने जनता निराशालाईज्ड र देश प्यारालाईज्ड हुनपुग्छ । क्रमस…..

(-गनोज मजुरेलको पक्कासन्मुख फुस्तक ‘चेपोटिजमको बाट ।)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com