कुलमानकाे आग्रह : ‘तथ्यहिन हल्ला नगर्दिनोस्, चार्टरभन्दा रेगुलर महँगाे ! Headline Humor

प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार १०:४७

प्रहरीको धरपकडपछि उपत्यकामा होम डेलिभरी सेवा बन्द
डेलीभरीकर्ताहरुको भात-भान्सापनी बन्द !

निषेधाज्ञाभर होम डेलिभरी सेवा नदिने कागज गरेर ८० जना रिहा
रिहाईपछी प्रहरीले भन्यो- भोकले बाँचेछाै भने फेरि भेटाैंला !

गृहको निर्देशनमा झापा गोलीकाण्डको छानबिन सुरु
गोली प्रहरीले हैन बन्दुकले चलाएको समितिको निष्कर्ष !

शु:ल्क तिर्न दबाब दिएपछि मल्पी सिटी स्कुलका अभिभावकले सरकार गुहारे
सरकारले भन्यो- स्कुलले अविभावकलाई दबाब नदिनु, अविभावकले स्कुललाई अभाव हुन नदिनु !

चार्टर फ्लाइट भन्दा नियमित उडान महँगो, पर्यटनमन्त्रीमाथि उठ्यो प्रश्न
‘मन्त्रीभन्दा विचौलिया बलियो भएपछी यस्तै हो’- मन्त्रीको जवाफ

शुक्रबारको मौसम पूर्वानुमान, कुन–कुन क्षेत्रमा भारी वर्षा ?
सरकारी क्षेत्रमा सहयोगको वर्षा, मजदुर क्षेत्रमा भोकले आँशुकाे वर्षा !

कैलालीको खुँखार ‘डाँका समूह’ २० वर्षपछि पक्राउ
डाँकाहरू कुन पार्टीमा सक्रिय थिए, अनुसन्धान जारी !

प्रधानमन्त्री र ऊर्जामन्त्रीकै नीति तथा निर्देशनमा लोडसेडिङ हटेको कुलमानको स्पष्टोक्ती, बारे तथ्यहीन सूचना सम्प्रेषण नगर्न घिसिङको आग्रह
कुलमानलाई प्रयोग गरेर सरकार हल्लाउने बिपक्षी प्रयास गोलखाडी गयो !

वैज्ञानिकले सुँगुरको शरीरमा विकसित गरे कलेजो, मानिसमा यस्तै गरेर कलेजो प्रत्यारोपण गर्न नपर्ने दाबी !
यसो गर्दा सुँगुरमा मान्छे र मान्छेमा सुँगुरकाे स्वभाव आउन सक्ने !

गृहको गोप्य सर्कुलर- पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्नू
रोक्न नसके बिपक्षीको घुसपैठ भन्नू !

नेपालीको भान्सामा इथियोपियाको बेसार, भियतनामको मरिच
यसको शन्देश : किन चाउरिस् नेपाल ? आफ्नै अल्छिले !

डाक्टरसमेत रहेका सांसद यादव भन्छन्- ‘कोरोना हाउगुजी भयो, म पिपिई नलगाई बिरामी जाँचेर देखाउँछु’
यो जोस ‘अपहरण कान्ड’ पछि आएको डाक्टरको अनुभव !

‘समुदायमा संक्रमण सुरुवाती चरणमा छ, जोखिम समूहलाई जोगाऔं’
खोके बुढाबुढी, पिलन्धरे केटाकेटी, रोगी र ट्वाँके भोगीहरुलाई घरभित्रै थुन्न सुझाव !

कुलमानले भने, ‘मलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगर्दिनुस्’
काम गर्नेले अहंकार गर्नु हुँदैन, अझै पनि आश मरेको छैन !

निषेधाज्ञाबीच कांग्रेसले हेटौंडामा गर्‍यो पार्टी प्रबेश कार्यक्रम
देशलाई कोरोनाको धन्दा, काङ्ग्रेसलाई प्रचारको धन्दा !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com