‘हे ईश्वर, दया गरी मलाई पनि हराईदे !’ -युवा नेतृ बिजेता नेपाली

प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार १९:०७

अन्तत: नेपालमा रेल यात्रा पनि आयो
रेलै रेलामा रेल आयो, दुईचार दिन गफ गर्ने खेल आयो !

ठप्प विकास निर्माण : नेपालका साइट खुलेनन्, श्रमिक भारततिर
कोरोना र कमिसनको चेपुवमा बिकास, काम गर्ने श्रमिकजति भारततिर निकास !

बामदेवको व्यवस्थापन : ६ वर्ष राष्ट्रियसभामै थन्किएलान् ?
प्रधानमन्त्री बन्न पाए थन्किएलान्, हैन भने फन्किएलान् !

४० यात्रु लिएर ५ वटा बस विराटनगरबाट काठमाडौंतर्फ
कोरोनाको कहर अपार, खाली गाडी घाटाको व्यापार !

फुटबलर हरि खड्का भन्छन्– ‘गाह्रो रैछ हौ नाच्न !’
दुईचार गोल हान्दिनु न, जज खुसी भई हाल्छन् नि !

अब नेकपा सचिवालयका सबै सदस्य संघीय सांसद
नेतालाई खातका खात, कार्यकर्ता रित्तो हात !

पूर्वप्रधानमन्त्री खनाल र नेपालका लागि भारतीय राजदूतबीच भेट
सर्प आयात निर्यात बढ्ने संकेत !

‘राष्ट्रिय सभाको गरिमा बढाउन आएको छु’: वामदेव
यसरी नै संसदकाे बास हुने भए, हे ईश्वर ! दया गरि मलाई पनि सधैँ हराईदे  !

कुलमान घिसिङलाई प्रश्न: ‘प्राधिकरणको प्रमुखका लागि खुला प्रतिस्पर्धा भए तपाईँ प्रक्रियामा जाने कि नजाने?’
जवाफमा कुलमानले भने -‘जनता गईसके प्रतिस्पर्धामा, म किन जानु ?’

कोरोनाभाइरसको परीक्षण शुल्क घटेपछि गुणस्तर कायम रहन्छ ?
दाम अनुसारको सामान आउँछ, सस्तो बेसाहाले पखाला चलाउँछ ! 

 

*डिस्क्लेमर

यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com