सपथ खाने वामदेव स्टायल : भान्से हेर्या हेर्यै !

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार १०:३६

कमरेट बामदेव गौतम जनताले चुनाव जिताएको माननीय हुन नसकेपनि नेताले तानेको ताननीय भएकोमा बधाई छ ! ताननीयमा भएरै होला, वहाँको सफत लिने शैली पनि जाननीय थियो ।

जाननीय अर्थात् आफैँ जान्ने ! सन्जालमा आएको उहाँको सफत भिडियो बडो जाननीय देखिन्छ ।

अध्यक्ष सपथ खुवाउन शुरुमात्र गरेका हुन्छन् – बामदेव आफैं खान थाल्छन् खपाखप !

यस्तो नयाँ शैली किन अपनाउनु भयो होला ?

मेरो बिचारमा, पटक पटक खाइसकेकोले सिकाउनु पर्दैन भन्ने ठानेका हुनसक्छन् । प्रधानमन्त्री हुनसक्ने मान्छे मानेको पनि हुनसक्छन्  ! राष्ट्रियसभाको गरिमा बढाउने ‘वामदेव स्टाईल’ छानेका हुनसक्छ । आफ्नो भिन्न पहिचान  देखाउने झ्वामदेव शैली पनि हुन सक्ला ! ठुलै लडाईँ जितेकोमा हौसिएर हतारिएका हुनसक्छन्  ! मन्त्री बनाउदैनन् कि भनेर बटारिएका हुन सक्छन् ! मनोनयन रद्ध होला भन्ने डर पो हो कि ! नयाँ काईदा गरौं भन्ने रहर पो हो कि !

अध्यक्ष भन्दा अगाडी किन खाएको होला तपाईंको बिचारमा ?

तस्विर सभार : सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com