प्लेनमा सिट प्याक, बसमा प्याकप्याक !

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार १३:१७

‘अख्तियारमा फेरि अर्को गुलाम नियुक्तिको खेल हुँदैछ’- ओम प्रकाश अर्याल
बादशाह र मिस्सी मिलेपछि गुलामको के खेल होला र !

मन्त्रिपरिषद् पुनर्गठन पक्का, प्रधानमन्त्रीले दिए तीन विकल्प
मिलेसम्म भागवण्डा, नमिले फण्डै फण्डा, त्यो पनि नमिले डण्डै डण्डा !

यात्रामा दोहोरो मापदण्ड : बसमा आधा मात्रै, विमानमा सिटभरि !
कोरोनाको पावर पनि मान्छे नै पैसै पिच्छे फरक हुँदो रहेछ !

सिभिल बैंकको बदमासी- सेयर मूल्य बढाउन मर्जरको हल्ला !
दुक्की जुट बोकेर एक्का ट्रायलको फुर्ति !

ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको फिनसेन फाइल्सको खुलासा
नेपालतिर सार्न प्रयास गर्नु पर्यो !

गुमनाम गुर्जो घरघरमा : किन खाने, कति खाने र कसरी खाने ?
हुनेले जतिसक्दो खाने, नहुनेले खाएझैं गर्ने !

नेपाल सद्भावना पार्टीलाई सक्रिय पार्दै सरिता गिरी, शुरु गरिन् लोकतान्त्रिक अभियान
पोल्टाको फालेर भुइको टिप्ने कोसिस् !

बाग्मती प्रदेशको २८ स्थानीय तहमा प्रहरीबारे ‘गुनासो पेटिका’
अब फेसबुक मार्फत बिरोध गर्न नपाईने !

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता
‘अब चिन्ता बसेर भगाउनुको विकल्प छैन’ – धामी मोर्चा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com