पिल्लर नं ११ ले सोध्यो- ‘यता 是这样 छ, उता कैसा है ?’

प्रकाशित मिति: ८ आश्विन २०७७, बिहीबार १०:१२

 

नेपाल सरकारले भन्यो : ‘हुम्लामा चीनले नेपाली सीमा अतिक्रमण गरेको छैन’
चीन सरकारले भनेन : ‘काठमाण्डौमा कुटनैतिक सीमा अलिअलिमात्र मिचिएको होला !’

रोहिङ्या शरणार्थीका लागि नेपाल ‘सेफ ल्याण्ड’ बन्ने खतरा !
शरणार्थीका कारण पेट भरणार्थिको एनजिओहरुमा उमंग !

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गरिने
स्वास्थ्य शिक्षामा गणीतको अंक निर्णायक !

‘पूर्वसचिवको बाहुल्यता रहेसम्म अख्तियारबाट धेरै आशा नगरे हुन्छ’ – बारका पुर्व अध्यक्ष
‘भ्रष्ट नेताहरुलाई तिनैको आशा छ !’ – गतेका वर्तमान अध्यक्ष

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा
बिचरा वामदेवलाई भकुण्डोदेव बनाएर छोड्ने भए !

कर्णालीका सांसद कँडेलले विपक्षी दलको नेताको सुविधा नलिने
त्यो पनि सत्तापक्षले मिलाएर लिने भए !

८ कात्तिकदेखि क्लिन फिड : भारतीय न्युज च्यानल बन्द हुन्छन् !
लोड सेडिङ्ग हुँदामात्र !

नेपालमा कोरोना भ्याक्सिन प्रयोगका लागि अफर नै अफर : ऐन पल्टाउँदै सरकार
ऐनमा भनिएको छ- ऐनको पछि नलाग्नु, चैन खोज्नु !

हनिमुन मनाउन गएकी पुनमले पतिमाथि लगाइन् दुर्व्यवहारको आरोप, प्रहरीले गर्‍यो पक्राउ
दुरबाट व्यवहार गर्ने हो त, नजिकबाट पो गर्नुपर्छ !

हुम्लाको सीमामा हराएको भनिएको ११ नम्बर पिल्लर भेटियो
पिलरले भन्यो- ‘मलाई सन्चै छ, देश जोगाउनु !’

बली दिन भारत पुर्‍याइएकी नेपाली किशोरी गिरोहको पन्जाबाट यसरी फुत्किइन्
गिरोह जनताको भींडबाट फुत्किन नपाओस् !

वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
मार्कबादले भन्छ- ‘चोर बाटोबाट हिड्न गाह्रो छ !’

नेपाली र चिनियाँ अधिकारीहरू आफ्ना सेना लिएर हुम्लाको सीमामा पुगेपछी..
एक अर्कामा हेराहेर मात्र गरेर फर्किए !

२५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन हुन सक्ने
दशैँ, तिहारको फुरफुर झुर हुने संकेत !

तेजाब आक्रमणकारीलाई २० वर्ष जेल र १० लाख जरिवाना तोक्ने गरी कानुन बन्दै
गणतन्त्र दिवसका नाम चांडै छोड्न मिल्ने धारा पनि समेटिने !

(तस्वीर साभार : सामाजिक संजाल)

*डिस्क्लेमर

यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com