भोकको उपचार खाेज्न क्यान्सर अस्पतालमा !

प्रकाशित मिति: १२ आश्विन २०७७, सोमबार १०:५१

कंगोमा नेपाली सैनिकमाथि सैनिक अधिकृतको कुटपिट
कुटपिटको बदला बुटपिटको सम्भावना !

‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ भन्दै प्रदर्शन गर्नेहरु पक्राउ
‘सच्चा ओली सिंहदरबारमा, कच्चा ओली घरघरमा’ भन्न पर्ने !

सांसद कँडेलले सचिवालयलाई चिठी लेखे – ‘अब मलाई ऐन अनुसार सेवा-सुविधा दिनु’
ऐन विपरितको सुबिधाले चैन नभएको कुराको स्विकारोक्ति !

मर्मतपछि पनि बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएन, स्याउ निर्यातमा समस्या
चिनीयाँ तथा भारतीय स्याउ ब्यापारीहरु उत्साहित  !

‘महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छ’: मन्त्री नेम्वाङ
हाम्रो अभियान जारी छ, जताततै महामारी छ !

पुँजी पुर्‍याउन नसक्ने अवस्थामा ७ लघुवित्त, मर्जरमा जान दबाब बढ्यो
जर्जरको विकल्प मर्जर !

अहिले नेपाल- ‘चीन सीमा विवाद देखिएकै क्षेत्रमा पहिले पनि विवाद भएको थियो’
हावा चलेको हो कि पातै हल्लिएको हो, छिट्टै पत्ता लगाइयोस् !

चन्द्रमामा फेरि मानिसले पाइला टेक्ने, पहिलो चोटि महिला ‍पठाउने योजना !
महिला र मानिसमा के फरक होला!

राष्ट्रसंघ महासभा : ६ वर्षदेखि भारत–पाकिस्तानबीच निरन्तर आरोप–प्रत्यारोप
अर्थात्, प्रभुका सामु एकले अर्कालाई होच्याउने प्रयास जारी छ !

कृष्ण सिटौलाको प्रश्न : ‘नेताहरु फागुनमा नहुने महाधिवेशन किन हुन्छ भन्दैछन् ?’
नहुने भएर त हुन्छ भनेको नि, हुनेभए त कहाँ हुन्छ भन्थे !

दशैंको अर्थतन्त्र : ‘धनी रमाउँछन्, मध्यम वर्ग बचतमा लाग्छन् अनि गरिब ?’
धनीलाई धनमाथी धनको रास, गरिबको चमेली हुनेछ उठिबास !

सशस्त्र प्रहरी बाह्रैमास कालापानी नजिक छांगरुमा बस्ने
वरैबाट हेरेर बस्ने, पर कालापानी क्षेत्रभित्र नपस्ने !

क्यान्सर अस्पतामा आउने बिरामी बढेपनि  क्यान्सर रोगी घटे !
भोकको उपचार क्यान्सर अस्पतालमा हुन्न नि त !

*डिस्क्लेमर

यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com