न लाले तिमिलाई न काले तिमिलाई, बिनाअर्थ देशमा उचालेँ तिमिलाई !

प्रकाशित मिति: २० आश्विन २०७७, मंगलवार ११:३४

निको नहुँदै अस्पतालबाट विदा भए ट्रम्प, छिट्टै चुनाव प्रचार सुरु गर्ने
प्रचारमा सहभागी प्रत्येकलाई १-१ वटा भाईरस उपहार दिने !

नीजी विद्यालयको ‘शुल्क आतङ्क’: अनलाइन कक्षामा क्यान्टिन र बसभाडा समेतको बिल
बसभाडा घरमा बसे बापत शुल्क, क्यान्टिन अनलाईनमा कुरे बापत शुल्क !

संसार निकै जटिल अवस्थाबाट गुज्रिँदैछ: डब्लुएचओ
डब्लुएचको प्रफिट अवस्थाबाट गुज्रिँदैछ :युएसए

‘कुर्सी तोडफोड काँग्रेसको नीति र संस्कृति विपरीत छ’ : प्रवक्ता शर्मा
‘घिच्याएर निकाल्नु क्रान्तिकारी नीति र संस्कृति अनुरुप छ ।’ -नेकपा प्रभक्ता

प्रदेश राजधानीको प्रस्तावले सडकदेखि सदनसम्म चर्कियो आन्दोलन
आन्दोलनको मारमा कुर्सी र टेबलहरु !

आइटीका मास्टरमाइन्ड : तर, चरित्रहत्या र ठगीको ‘पसल रोकाया’
पसल’ हैन, सुपरमार्केट रोकाया भन्नुपर्छ !

प्रदेश ५ : राजधानी सार्ने निर्णयले नेकपाकै लुम्बिनिका केही नेताको राजनीतिक भविष्य धरापमा !
धराप आफैंले थापेपछी परिन्छ त !

९ महिनासम्म चौकीका इन्चार्जहरुले इन्सपेक्टर भन्ठानेर सलाम मात्र गरिरहे नक्कली प्रहरीलाई !
पुलिसले चोरलाई सलाम ठोक्ने देश होन्त !

दशैँमा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न सकिने
नोटको साथमा कोरोनाको बोटपनी लिन पाईने !

विदेशीको नाममा फेसबुक आईडी, विवाह गर्छु भन्दै ठगी गर्न महिला पक्राउ
अधिकारकर्मीले भने – ‘बल्ल समानताको युग शुरु भयो ।’

बिहार चुनाव : तीन दिन नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय
बर्षैभरी चुनाव गरिराखे नेपाली खुसी !

कुर्सी भाँच्ने सांसदलाई मतदाताको जवाफ
न लाले तिमिलाई, न काले तिमीलाई, बिनाअर्थ देशमा उचालेँ तिमिलाई

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com