जन्ती परिषद पुनर्गठन : ईश्वर दायाँ, बिष्णु बायाँ – पुष्पकमल दर्पण छायाँ ! ! Headline Humor

प्रकाशित मिति: २९ आश्विन २०७७, बिहीबार १०:३१

प्रधानमन्त्रीले ईश्वर पोखरेलबाट किन आफैले लिए रक्षा मन्त्रालय ?
मंत्रीमंडल बिस्तारमा रिसाएका माधव नेपाललाई उपहार दिन हुन सक्छ !

प्रचण्डले अन्तिमसम्म रोक्ने प्रयास गरेका थिए मन्त्रिपरिषद् विस्तार
ओलीले भनेका थिए- ‘बाटो छोड्नोस, मेरो गाडीमा ब्रेक छैन ।’

नवनियुक्त तीन मन्त्रीको सपथ आज बिहान साढे ११ बजे
११ बजेको सफतपछि मंत्रीहरुको १२ बज्ने !

अष्ट्रेलियाली कोरोना भ्याक्सिनको नेपालमा परीक्षण गर्ने प्रस्ताव
सफल भए अष्ट्रेलिया नामी, नभए नेपाली बिरामी !

सरकारले संक्रमितको उपचार खर्च बीमाबाट कटाउने
वीमा नगरेकाको खर्च मन्त्रीको तलबबाट कटाउने !

नेप्सेमा बिमा कम्पनीको शेयर मूल्य घट्ने !
वीमा कम्पनीको वीमा गर्नुपर्ने अवस्था !

बिष्णु पौडेल बने अर्थमन्त्री !
भुमी सुधार मन्त्रालयको पनि जिम्मा दिन माग !

ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो
पोखरेलले भने- ‘नाईं, मलाई त्यहि केटी चाहिन्छ !’

नारायणकाजीले बाबुरामलाई भने- ‘प्रचण्डले भ्रष्टाचार गरेको प्रमाण देउ ।’
प्रचण्डसंग वार्गेनिङ्ग गर्न पर्यो !

नारायणकाजीलाई बाबुरामको जवाफ, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’
नारायणकाजीको जवाफ- ‘झ्यालबाट फाल हानेर भाग्नेहरु सडकको नांच नदेखाउ ।’

संक्रमितको संख्या ३ लाख नाघ्ने सरकारको आँकलन
तीनलाख पुगेपछि चारलाख नाघ्ने सम्भावना !

दसैँमा घर गएकालाई फर्कन रोक लगाउने प्रस्ताव
यता टाल्यो उता फुस्किन्छ, उता टाल्यो यता फुस्किन्छ !

आज विश्व हात धुने दिवस, स्वच्छ हातको सन्देश नागरिकसम्म पुर्याउन राष्ट्रपतिको आग्रह
अहो ! कत्रो ठुलो शन्देश !!

‘कोरलालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने छ’ : परराष्ट्र मन्त्री ज्ञवाली
‘गरिनेछ’को साटो भएको छ भन्ने समाचार कैले सुन्न पाईने होला !

भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण : सीमा विवादमा दिल्लीलाई बुझ्ने अवसर
बुझ्ने पर्दैन, हाम्रो नारी छाम्न आउन लागेका हुन, दह्रो बनाई राख्नु !

नेकपालाई बाबुरामको जवाफ : ‘जन लोकपाल गठन गरौं, सहयोग गर्छु’
‘जन लोकपाल’ हिन्दीजस्तो सुनियो, कुनै ठेट नेपाली शब्द खोजौं न डाक्टर साब !

अर्णव गोस्वामीविरुद्ध कसरी एक ढिक्का बन्यो विभाजित बलिउड ?
मलाई खाने बाघले तलाईपनि खान सक्छ भनेर !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com