जनताको धन, जनप्रतिनिधिको सराद्धे ! Headline Humor    

प्रकाशित मिति: २ कार्तिक २०७७, आईतवार १२:२४

दार्चुलाको अपिहिमाल गाउँपालिकाका एकल पुरुषलाई पनि भत्ता
केन्द्रीय सरकारलाई स्थानीय तहको चुनौती !

कोरोनाको भ्याक्सिन उत्पादनमा छिमेकीसँग सहकार्य गर्दै भारत
कोरोनासँगै हेपाहा नीति विरुद्धको भ्याक्सिन उत्पादन गर्न छिमेकीहरुको जोड !

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने
तत् तत् शक्ति केन्द्रमा चाकडी बजाउन चाहनेहरुलाई दु:खको सन्देश !

सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्री, पुर्वराजाले टीका नलगाईदिने
‘महान् नेपाली’ जनता कि ‘सर्वसाधारण’ ? पुनर्ब्याख्या जरुरी !

अमेरिका-चीन द्वन्द्व बढ्नुका प्रमुख कारणको खोजी
‘महाशक्ति’को हैसियत कसले लिने भन्ने !

सभापतिका आकांक्षीको नाडी छाम्ने प्रयत्न गर्दै कांग्रेस नेता कृष्ण  सिटौला
आकांक्षीहरु नाडी लुकाउन मै ब्यस्त !

४० वर्षमै दोश्रो पटक प्रधानमन्त्री बनेर इतिहास रच्ने न्युजिल्यान्डकि ज्यासिन्डा आर्डेन
अन्तरास्ट्रिय वृद्ध नेता संघद्वारा शोक प्रश्ताव !

‘माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीको चरणमा लम्पसार छन्’: डा . बाबुराम भट्टराई
जति कनाएपनी नखसाउने पक्षमा ओली !

‘सांसद, मन्त्रीलाई दसैं भत्ता नबाँड, बाँडेको रकम फिर्ता गर’ : विवेकशील नेपाली
‘हे भावी सांसद तथा मन्त्रीहरु, एक पटक चाखेर त हेर, भत्ताको स्वाद कति मीठो हुन्छ !’ – सांसदहरु

वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले हानिन् ढुंगा, भनिन् – ‘सके त फुटाउँथेँ ।’
जनताको धन, जनप्रतिनिधिको सरद्धे !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com