खुमलटारको सवाल बालुवाटारको जवाफ,सुन्न लायक मजाक ! Headline Humors

प्रकाशित मिति: २४ कार्तिक २०७७, सोमबार ११:१०

कोरोना पुष्टि भएपछि कांग्रेसका नेता मन्सुरलाई हेलिकप्टरमा काठमाडौं लगियो
सर्वसाधारण लाई भने डोर्याउदै हेल्थपोश्ट पुर्याइयो !

स्वदेशी फूलको मालामै यस वर्षको तिहार
भारतीय फुल ब्यापारिका लागि खल्लो समाचार !

‘अमेरिकन राष्ट्रपति बाइडेनको कार्यकालमा इन्डोप्यासेफिक रणनीति थप सुदृढ हुन्छ’ –
तर,आश गरौँ, भर नपरौँ !

अमेरिकामा बाइडनले जित्दा नेपालमा एमसीसीको चासो
अमेरिका नेपाल जस्तो हो र ? जहाँ जस्तो नेता उस्तै नीति बनोस् !

अमेरिकामा सविनसँग छल्किएको वर्षाको प्रेम
नेपाल आइपुग्दा नपोखियोस् !

अभिषेक भन्छन्–‘मलाई मेरो पिताले कुनै सहयोग गरेनन्’
जवाफमा अमिताभ भन्छ्न् – जिरोबाट हिरो बनाएर गल्ती गरेँ !

पत्रकार अर्नब गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा पठाइयो
हिरासतमा रहँदा उनमा मुख चिलाउने समस्या आउन सक्ने चिकित्शकको भनाई !

बालुवाटारमा ओली र पाँच नेताबीच सवाल जवाफ
सवाल- प्र. म. को राजिनामा, जवाफ – कुनै हालतमा दिन्न !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com