नेपाली गृहमन्त्री वादल र चीनियाँ रक्षामन्त्री फेङहेबीच हाँस्यव्यंग्य, भाषा नबुझेर भुसुक्कै ! Gajureal Kura

प्रकाशित मिति: १४ मंसिर २०७७, आईतवार १६:१५

‘नेपाली गृहमन्त्री र चीनियाँ रक्षामन्त्री बिच एयरपोर्टमै घुस्सा हानाहान, नेपाल- चीन सम्बन्धमा गम्भीर धक्का ! भारतको मध्यस्थता आवस्यक रहेको पक्का !’

‘शुरुमा चिनियाँ रक्षामन्त्रीले निहुँ खोजेका थिए । गृहमन्त्री बादललाई देख्नासाथ उनले कुहिनो उज्याउदै ‘ओए, फ्याङ्ले’ भनेर हेप्न खोजेका थिए । जवाफमा आक्रोसित बनेका बादलले पनि कुहिनोले प्रतिकार गर्दै भनेका थिए- ‘यु झत्ते, यु फ्याङ्ले, आई एम राम बहादुर ।’

‘गृहमन्त्रीको प्रतिकार पछी चिनियाँ रक्षामन्त्री एक कदम पछाडी हटे । अनि मुसुक्क हाँस्दै भने- ‘न्हि हाओ ?’ गृहमन्त्री मथ्थर हुँदै भने-‘हेप्नु त हुन्न नि हाउ !’ त्यसपछी बल्ल सवारी अगाडि बढेको थियो ।’ आदि ईत्यादि

यो तस्वीरलाई लिएर केही ‘भष्माट्युब च्यानलहरु’ले माथी भनिएझैँ भ्रमाचार दिने खतरा रहेकाेले सम्भावित भ्रम चिर्न यो ‘कडा कुरा’ खडा गरिएको हो ।

खासमा यो न कुनै हानाहान थियो न त कुटाकुट । यो त कोभिड १९ बाट सुरक्षित हुन अपनाईएको अन्तरास्ट्रिय अभ्यासमात्र थियो ।

चिनियाँ रक्षामन्त्रीको नाम ‘वेई फेङ्हे’ हो । नेपाली कानले सुन्दा ‘ओए फ्याङ्ले’जस्तो सुनिन्छ । ‘तैँ फ्याङ्ले, म त राम बहादुर’ भने भनेर भ्रमाचार बन्ने खतरा छ । सम्भावित सोही भ्रम चिर्नका लागि गजुरीयल डटकमले यो आलेख तयार पारेको हो । मुसुमुसु हाँस्नु होस् !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com