‘गाँजा, NO खतरा’- UN यसो भन्छ त ! के अब नेपाल बन्छ त ? Headline Humor

प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलवार १७:१५

‘पुस पहिलो सातादेखि उपत्यकाको फोहर बन्चरेडाँडामा व्यवस्थापन गरिने’
घरचरे छाडाहरुको फोहोर बन्चरे डाँडाहरुले बोक्नु पर्ने, कठै  प्रकृति !

‘सर्बदलीय बैठकमा ब्यवस्था बिरोधी प्रदर्शनको चर्चा, एक भएर प्रतिरोध गर्न आह्वान’
आह्वान गरेर बैठक सकिएपछी दलीय नेताबिच झण्डै हानाहान !

नेपालको हवाई उड्ययनलाई ईयूको ग्रीन सिग्नल, कहिले देला ‘क्लिन चिट’ ?
पहिला कोरोनाले दिनु पर्ला नि उड्डयनलाई क्लिन चिट !

विप्लव समूहले मोरङमा प्रधानाध्यापकको अपहरण गरी गोली हानि हत्या गर्यो
अब त कोटा पुगि सकेन र विप्लव कमरेड !?

वालुवाटारमा सर्वदलीय बैठक सुरु : संविधान विरोधी गतिविधीका विरुद्ध एक हुन प्रधानमन्त्रीको आग्रह
पहिला आफ्नै पार्टीभित्र एकता कायम हुनुहोस् प्रधानमन्त्रीज्यु, अनि पत्याउँला !

सिडिओको सरुवा गराउने क्रसर व्यवसायी
गणतन्त्र भए नि राजा आए नि-  देश ‘सरकार हल्लाउने’ यस्तै व्यवासायी हुन् क्यारे !

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक
‘उडान कला’को नाममा ‘लडान कला’ देखाउँदाको परिणाम !

२५ दिनको संवादहीनता तोड्दै ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता
भेटवार्ता लेनादेनामा केन्द्रित भएपनी तानातान मै समाप्त !

सचिवालयमा ओलीको अडान : ‘दुबै पद छाड्दिनँ, जे मन लाग्छ गर्नू’
छोडान अघिको अडान हो वा फोडान अघिको, समयले बताउला !

गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटायो राष्ट्रसंघले
के नेपालको समृद्धि र बिकासको ढोका खुलेकै हो त ?

प्रधानमन्त्रीलाई माधव नेपालको प्रश्न- ‘तपाईंलाई बैठकमा आउन कति दिन चाहिन्छ ?’
माधव नेपाललाई प्रधानमन्त्रीको जवाफ- ‘मैले बोलाएको भए एकै छिन, अरुले बोलाए कति दिन, कति दिन !

‘बंगलादेश ऊर्जाको भोको देश हो, नेपाल स्रोत मुलुक बन्न सक्छ’- राजदुत सलाउदिन
भोक र श्रोतको बिचमा भारत छ, सम्भव होला र !

शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई सरकारले कारबाही गर्ने
आफुले आफैंलाई कारावाहीको सिफारिस गर्नुपर्ने त हैन !

वडाध्यक्ष निलम्बनमा परेपछि कार्यवाहक अध्यक्षमा महिला सदस्य सिंह
महिला मुख्य जिम्मेवारीमा हुन पाउनु अड्को पड्को तेलको धुप मात्र !

‘म पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु’: -क.प्रचण्ड
‘सेम डाईलग कति रिपिट गरेको कामरेड !’ -नयाँ पुस्ता 

‘सगरमाथाको नयाँ उचाइ : ८६ सेन्टि मिटर बढ्यो’
धेरै सेन्टी भईहाल्नु पर्दैन, जलवायु परिवर्तनले चाँडै घटबढ भैहाल्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com