ओलीको बुहार्तन, प्रचण्डको पीर – सिद्धबाबाको मुद्धा, नारायणकाजीको तस्वीर !
प्रकाशित मिति: 12 December, 2020 1:35 pm
कोरोना बिमा भुक्तानी : अर्थमन्त्रीको दोस्रो निर्देशन पनि ‘फेल’
मन्त्रीको निर्देशन फेल, नेताको निर्देशन पास, यस्तो गन्जागोलमा कसको गरौं आस !
नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध बढाउँदै भाजपा
नेपालका राजनैतिक दलसँग सम्बन्ध घटाउँदै राजपा !
सिद्धबाबाको सफाई प्रक्रियामै त्रुटि
पानीले चोख्याउनु पर्ने, पैसाले चोख्याएको आसंका !
विप्लव समूहले शिक्षक हत्याको जिम्मेवारी लिँदै भन्यो, ‘प्रतिकारमा मारिए’
‘आफुले भनेको नमान्नु प्रतिकार’ -विप्लपिजम
‘ओलीको विकल्प खोज्नु बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै’ : मुख्यमन्त्री गुरुङ
अगुल्टाले हानेको कुकुर विजुली चम्किँदा तर्सिन्छ !
अपर तामाकोशी : आयोजना सकिने निश्चित छैन, बजारमूल्य उचालिँदै
उचाल्नेहरुले पछार्ने खतरा प्रवल छ !
बालुवाटारको सर्वदलीय बैठक: काँग्रेसले गर्यो सरकारको अालोचना
भोकाएको प्रतिपक्ष ले अालु-चना माग्नु स्वाभाविक !
सर्वदलिय बैठकमा राप्रपाले ‘राजा’ माग्दा सबै मौन
मौन अवधीमा सबैले ला…मो श्वास फेरे !
राजावादी जुलुसले गरेका ६ संकेत
खाली मैदान सदुपयोग गर्ने, गणतन्त्रवादीलाई छ्क्क पार्ने, मज्जाले खर्च गरे दाम, बेरोजगारलाई कार्यकर्ता बनाउने काम ! बने थप राजावादी बन्छ, नबने सन्च !
माननीयहरुको द्रव्य मोह : अर्बपति नै लिन्छन् मासिक नौ हजार घर मर्मत खर्च
सत्ताको जात हुँदैन, भत्ताको धर्म हुँदैन !
हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस
काम पाइनस् बुहारी पोख्दै उठाउँदै गर !
‘चीनको गरिबी निवारण अनुभव विश्वकै लागि अनुकरणीय’
यति हो, नेपालले अनुकरण गर्न जान्दैन !
‘ओलीको ‘बुहार्तन’ सहन गार्हो भयो’- प्रचण्ड
ससुराको बुहार्तन गार्हो भयोभन्दैमा परिवार छोड्नपनी मिलेन ! कस्तो गार्हो है !
८४ बर्षका मित्रलाल भट्टराईले गरे अर्को बिबाह !
‘सकिँदैन होला’ भन्ठान्नेलाई उर्जा !
*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.