किसानले फलाएको उखुमा कसरी पस्यो कमिला ! Headline Humor

प्रकाशित मिति: २८ मंसिर २०७७, आईतवार १६:०३

प्रचण्डसँग नेम्वाङको आग्रह– ‘प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, तपाईं सकारात्मक हुनुपर्यो’
प्रचण्डको जवाफ -‘मने, उहाँ ‘चीन’तित भए मपनी भारततित’ हुन्छु भन्दिनोस् !’

‘आन्दोलन गर्न काठमाडौं आइपुगे उखु किसान
भारतको किसान आन्दोलनले मोदी सरकार अप्ठ्यारोमा, नेपालको उखु आन्दोलनले ओली सरकार अप्ठ्यारोमा !
किसानका मर्का, चाँडै बुझेस् सरकार !

उखु किसानको आन्दोलनलाई विवेकशील साझाको समर्थन
भोट बैंकलाई आफ्नो पक्षमा ल्याउने उत्तम मौका !

देशव्यापी प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न देउवाको अपील
आन्दोलन सकिएपछी सामुहिक ‘खानपिन’ नगर्न तथा जे गर्ने हो घरघरमै गर्न सुझाव !

६ प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम
सबै प्रदेशको प्रती मन्त्री/सांसद आय अन्तरास्ट्रिय औसतभन्दा बढि !

‘शेरबहादुरजीले बीपीको छोरालाई नेतृत्व हस्तान्तरण गर्ने हो भनिसक्नुभएको छ’
तर ‘बीपीको छोरा’को मन शेर बहादुर दाईकोजस्तो हुनुपर्ने शर्त !

‘सरकारप्रति व्यापक वितृष्णा फैलियो, सडकदेखि संसदसम्म चर्काे दबाब सृजना गर्छाैँ’ : देउवा
राजाबादी, प्रतिपक्षी र सरकारको संयुक्त दबाबले सडकहरुको झन् ध्वस्त हुने भए !

प्रदेश र स्थानीय तहमा गएनन् कर्मचारी

भने- ‘म यस्तो शहर छोडी टाढा टाढा जाँदै जान्न !

सुविधाको खोपमा भर परे ढिलाइ हुने

आफैं किन्न नसकिने ! मरेन र गरीब !

‘किसान आंदोलन मज़बूत मोदी सरकार के लिए सख़्त संदेश’ – बिबिसी हिन्दी

काम नगर्ने जोगी बलिया है कि श्रम गर्ने किसान बलिया होता है, अब हेरना पडता है !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com