बिदा: हप्तामा दुई दिँदा, कसलाई फाईदा, कसलाई घाटा ? Headline Humor

प्रकाशित मिति: २९ मंसिर २०७७, सोमबार १३:१०

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख बस्नेत थुनामा
प्रकरणका ‘मतियार प्रमुख’ले भने- ‘म यता कुनामा’ !

मुग्लानमा रोजगारी गुम्यो, गाउँमा व्यवसाय थालनी
नेकपा (चन्दा समूह)को नजर लाग्ने खतरा !

नेपालको बिजुली बेच्ने एजेन्डामा भारतको ‘ब्याक गियर’
भारत देश ब्याक गियरमा गए बङ्गालादेशतिर फ्लाई ओभर हाल्नुपर्छ !

‘सशक्त दबाबको सुरूवात हो सोमबारको प्रदर्शन’ : देउवा
सोमबार त व्रत र दर्शनको दिन हैन र !

मदिरा किन्न ५० रुपैयाँ नदिँदा फुपूको हत्या !
नलिनु जुवा र तास, धनको नाश जिवनको बनिबास !

७ चिनी उद्योगले किसानलाई ८९ करोड तिर्न बाँकी
…तरपनि मालिकको शालिक भेटिन्छ, किसानको निशान मेटिन्छ !

फेसबुकलाई पछि पार्दै टिकटक बन्यो सर्वाधिक लोकप्रिय एप
बेरोजगारलाई रोजगार, टिकटकमा जागिर मारामार !

चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा
आन्दोलन शुरु हुन थाल्यो, दुरुपयोग हुन्छ, नेपालबाट सिथ्थै लैजाउ

बिदा: हप्तामा दुई दिँदा, कसलाई फाईदा, कसलाई घाटा ?
कामचोर कर्मचारी लाई फाईदा, कमजोर देशलाई घाटा, ५ दिन गफगाफ, दुईदिन टाटा !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com