‘घरभित्रको झगडामा बाहिरी गुण्डा’को प्रयोग गर्ने को हो ? Headline Humoor

प्रकाशित मिति: ९ पुष २०७७, बिहीबार १३:२१

 
 
‘संसद विघटनबारे फैसला सुनाउन अदालतलाई केही साता लाग्ने’
मतलब, फैसला रेडी छ, सुनाउनमात्र बाँकी !
 
‘गृहमन्त्री बादल ओलीतिर नजिकिए, वामदेव अलमलमा’
वादलको चाहाना पानी पार्ने र बालुवाटार भिजाउमे, वामदेवको योजना बानी पार्ने र खुमलटार सजाउने !
 
ती किसान जो वर्षमा ३० लाखको एभोकाडो बेच्ने सपना देख्दैछन्
ति किसानको सपना साकार होस् , यी मसान (द्वन्दकारी)को योजना बिफल होस् !
 
‘प्रचण्डले मलाई निकाल्नु भनेको भाडामा बस्नेले घरबेटीलाई निकालेको जस्तै हो’ – प्रधानमन्त्री ओली
‘ओलीले मलाई निकाल्नु भनेको डाडाँमा बस्नेले पाडा चढेजस्तै हो’ -प्रचन्ड
 
शुक्रबार खुल्ने तयारीमा छन् यी सिनेमा हल, ‘आमा’ र ‘सेन्टी भाइरस’ देखाइने
बेलायतबाट शुरु भएको कोरोनाको नयाँ प्रजातीले भन्यो -‘पर्खी बस, फर्की आउँछु ।’
 
‘कोरोनाको अर्को नयाँ प्रजाती भेटियो, दक्षिण अफ्रिकाबाट बेलायत पुग्यो’
‘भाईरसज्युको विश्व भ्रमण तालिका चाँडै निस्किने, स्वास्थ्य मापदण्डमा हेलचेक्र्याई गर्ने देशमालाई पहिलो प्राथमिकता’ – प्रवक्ता, कोरोना साम्राज्य
 
‘युकेबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई १० दिन होटल क्वारेन्टिनमा बस्न सरकारको आग्रह’
आदेस नमान्ने देशमा आग्रहको किस्सा, एक कानले सुनायो अर्को कानले फुस्सा !
 
‘नेकपा दरार : ओली प्रचण्ड दुबै समूहको केन्द्रीय कमिटी आज पनि बस्दै’
घर झगडामा बाहिरबाट गुण्डा ल्याउने चलनको परिणाम ! 
 
कसरी टुंग्याउला निर्वाचन आयोगले नेकपा विवाद ?
भारत बलियो कि चीन, हुज फादर्स हिज भिटामिन !
 
ओली निर्वाचनतिर, दाहाल-नेपाल सरकार बनाउनेतिर
भई हाले चुनाव सबै जान्छन् , नभए चुनाव मिलेर खान्छन् !
 
दलहरूलाई संयमित भएर निर्णय लिन निजी क्षेत्रको अपिल
हाम्लाई स्थीर सरकार दे, नत्र चन्दा फिर्ता ले !
 
देशको अन्तरिक मामलामा बिदेशी चासो: नेपालमा राजदूतहरूको ‘ट्विप्लोमेसी’, को कति लोकप्रिय ?
१२ बुँदेदेखी दिल्ली सम्झौता, एमसिसीदेखी बिआरआई : घरभित्रको झगडामा बाहिरी गुन्डाको बोलाउनाको परिणाम !
 
ओली पक्षीय भेलामा ब्रिफिङ– ‘सूर्य हाम्रै हुन्छ, अब चुनावको तयारीमा लागौं’
प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले भने -‘हो, म हाम्रै हुँ !’
 
उखु किसानको पैसा मात्र होइन, मुद्दा पनि हरायो
स्यालमाई मासु पैँचाे : सरकारी आश्वासनको बिश्वास !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com