परराष्ट्र मन्त्रीको हात समाउँदै राजनाथ सिँहले साेेचे- ‘देखेँ, ज्वरो उतरा कि नही !’

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार २०:४१

परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली यात्राः मोदीले किन दिएनन् भेट ?
राष्ट्रबादको ज्वरो उत्रि नसकेको भारतको ठम्याई !

किन समाती रहे भारतीय परराष्ट्रमन्त्रीले नेपाली परराष्ट्र मन्त्रीको ‘नमस्कार’ ?
समातेको हैन, दम कितना है भनेर चेक जाँच गरेकाे !

पिउने पानी दूषित भेटेपछि अदालतमा मुद्दा दायर
अदालतले मुद्दालाई जलदेवताको अदालतमा फरवार्ड गर्ने !

चुनाव गर्न ८ अर्ब बढी पैसा चाहिने आयोगको अनुमान, खर्छ अभावको खतरा
देशै बेचेर भएपनी चुनाव गरिछाड्ने सरकारी संकल्प !

वर्षौंपछि चितवनको रिउखोलामा भेटियो जाडो छल्न युरोपबाट आउने ‘डनलिन चरा’
भिजिट 2021 को पहिलो पाहुनालाई स्वागत छ !

‘प्रतिनिधि सभा पुनर्स्थापना नभए हातमा दही जमाएर, रामनाम जपेर बस्दैनौं’: बाबुराम भट्टराई
‘दही हातमा हैन, ठेकीमा जमाईन्छ महोदय’ – हजुरबाबुराम भट्टराई

सहिद परिवारको गुनासो : ‘नेताले सत्ता र भत्ता पाए, हामीलाई कहिल्यै नबिर्सिने चोट’
एक पटकको लगानी, जिवनभरको आम्दानी : शहीदको खेती !

प्रचण्ड-नेपाल र ओली समुहबीच झडप, ओली समुहका वडा अध्यक्षको टाउको फुट्यो
मांसाहारी आन्दोलनको सुरुवात !

१० अर्ब प्रदूषण शुल्क उठाएर अन्यत्रै खर्च
नाम प्रदुषण : काम सोशण !

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि
आन्दोलन चाँडै उत्कर्षमा पुग्ने !

ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय लिएर बालुवाटार पुगे प्रचण्ड–माधव समूहका नेताहरु
ओलीको स्पष्टीकरण : ‘केटाहरुले कागजको चिर्कटो फ्यालेर भागेछन् !’

माघ १६ पछि आमहड्ताल गर्ने प्रचण्डको चेतावनी
चेतावनीलाई नजरान्दाज गरिए ‘चेतावनी 2’ दिईने !

(तस्वीर : सामाजिक संजाल)

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com