नेकपा दोहोरी : विश्वासमा श्वासप्रश्वासको समस्या

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार ०९:४६

‘प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु’: रामचन्द्र पौडेल
किनकी सभापति देउवाको औंला मतिर ठडिन थाल्यो !

१९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्ड (भारत)को एकदिने मुख्यमन्त्री
यसै प्रसंगमा २१ बर्षीया किशोरीलाई बनाइयो प्रदेश एक (नेपाल)को केहीदिने मुख्य मन्त्राणी !

आफैंलाई ‘ज्यान मुद्दा’बाट बंचाउने कानुनविदमाथि ओलीको दुर्वचन
ज्यान बचाउने त्यो बेलाको कुरा, सत्ता बंचाउने यो बेलाको कुरा !

‘जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ’: मन्त्री ज्ञवाली
सरकारद्वारा फर्काएको बिश्वासमा स्वास प्रश्वासको समस्या !

संयुक्त आन्दोलनमा जान तीन दलबीच एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयास
सबैको एउतै स्वर, आफैं नेता बन्नुपर्ने जोड !

तानातानमा काँग्रेस : नेकपाका दुई समूह बूढानीलकण्ठ र बोहोराटार धाउँदै
कांग्रेस च्यातिने खतरा !

ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
धन्यवाद सहित दाहाल-नेपाललाई अध्यक्ष र बरिष्ट नेतामा कायम राख्ने अध्यक्ष ओलीको निर्णय !

ठगीको आरोपमा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक पक्राउ
रिहापछि अन्तराष्ट्रिय ठगी स्कुल खोल्ने योजना !

‘जम्मै नेता उस्तै हुन् भन्दा मलाई पोल्छ’ : माधव नेपाल
त्यही त ! चुनाव हारेपनी प्रधानमन्त्री भएको कोही छ !

कोरोना भाइरस अमेरिका: ट्रम्प प्रशासनको खोप योजना ‘भद्रगोल र सीमित’
‘जो’ आएपनि त्यो त्यस्तै नहोस् !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com