चुनाव चिन्ह बाँडफाँड : ‘ओकपा’लाई वादलमा हराएको घाम, ‘पुकपा’लाई ग्रहण लागेको सूर्य !

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलवार ११:०८

‘कटौती भएका चाडपर्वमा पुन: विदा दिन्छौं’: गृहमन्त्री  
बिदा हैन, काम चाहियो । गरिखाने ठाम चाहियो !

‘बाबुरामजी र मलाई इतिहासले अलग हुन दिँदैन’: प्रचण्ड
‘प्रचण्ड र मलाई पुष्पकमलले एक हुन दिँदैनन् !’ -बाबुराम भट्टराई

निर्वाचन आयोगलाई देउवाको आग्रह : ‘सूर्य चिह्नबारे छिटो निर्णय गर !’
ओलीलाई अस्ताउदो सुर्य देउ, प्रचण्डलाई  ग्रहणवाला !

‘अझै कति जनतालाई ढाँट्नुहुन्छ प्रधानमन्त्रीजी, अब त बुद्धि सपार्नुस्’ : काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला
‘सिटौलाजी, सत्य बोल्ने तपाईं बुद्धिमानको लिङ्गो लिङ्देनले काटिदिएको बिर्सनु भयो र !’ -ओलीजी

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’
चाउ-चाउधरी ग्रुपहरु’द्वारा सरकार ढाल्ने चेतावनी

प्रधानमन्त्रीका वकिललाई रमण श्रेष्ठको जवाफ : ‘संविधानमा स्पष्ट लेखेको छ, विघटन मृत्युदण्ड हो’‘निर्वाचन घोषणापछि पार्टी विभाजनको प्रयास अपराध हो’ : प्रधानमन्त्री

‘यसरी सबैतिर झ्याल ढोका थुनेर कुटिने हामी विरालो हौँ र’ ! – प्रचण्ड
वाईस्याल पो हौं त ! हैन त !!

‘कर्पोरेट मिडियाले अपराधपूर्ण कुरा गरे, त्यसको विरोधमा उत्रन’ प्रेस संगठनलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन
ओलीगमनको सपोर्ट गरेनन् , हो ?

चीनबाट छात्रवृत्तिको ४२ कोटा  तर तीनजना मात्र सिफारिस !
बाँकी उन्चालिसमा कुन घुन चालीस लाग्यो त !

कोभिसिल्ड खोपलाई आशंका नगर्न विज्ञको आग्रह
तर केही भईहाले कोही विज्ञ जिम्मेवार हुनेछैन ।

न्यायाधीशकै सामुन्ने काठमाडौं जिल्ला अदालतका कर्मचारीको मुक्का हानाहान
अदालतमा लात हानाहान, न्यायक्षेत्रमा अन्यायको तानातान

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com