सर्वोच्चको फैसलापछि सांसद किनबेच गर्न ‘पावर ब्रोकर’को मास्टर प्लान !

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार १२:१२

संसद विघटनको बा-प्रयासलाई हजुरबा अदालतले लात हानेपछि बात अर्कैतिर पुगेको छ । अब प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा नदिए खेल अनैतिकताका आधारमा अघि बढ्नेछ । सत्तामा टिकि रहने, नढाली नछोड्ने र मौकामा चौका हान्ने – यी तीन तत्वहरु बीच फेरी खरिदबिक्रीको रेस्लिङ्ग चल्ने खतरा छ ।

सरकार लडाउन र टिकाउन सांसद किन्ने र बेच्ने कार्यले तिब्रता पाउनेछ । नेता खरिद तथा बिक्रीको मार्केट गुल्जार हुनेछ । जन्तिपनि हुने योग्यता नभएकालाई मन्त्री पड्काउने यो उत्तम अवसर हो । मन्त्री नभएपनि चुनाव खर्च उठाउने सर्वोत्तम समय हो । यसका लागि पार्टीका सीइओहरुसँग डाईरेक्ट ‘डील’ गर्नु आफुले आफैंलाई हलाल गर्नु हो । शक्तिका दलाल मार्फत् किनबेच हुनु मालामाल मालामाल हुनु हो ।

जनताको अभिमतलाई खरिद बिक्री गर्न ईच्छुक माननीय सांसद तथा नेताहरुलाई ‘पावर ब्रोकर एसोसियसन, नेपाल’ मौकाको फाईदा उठाउन हार्दिक आह्वान गर्दछ । ‘पावर ब्रोकरिङ’मा हाम्रो तिसबर्षे अनुभव भन्छ- काङ्ग्रेस होउन् वा कम्युनिस्ट, राजावादी होउन् वा मधेशवादी – हामी हरेकलाई उचित मूल्य र अवमुल्यमा किन्न र बेच्न सक्छौं ।

माननीयको विनिमय दर

पदखरिद दरबिक्री दरकैफियत
सांसद– प्रतिनिधि सभारु. ५० लाख मात्ररु. ५० लाख १ हजार मात्रगुटै लिनेलाई छुट
सांसद – राष्ट्रिय सभारु. २० लाख मात्ररु. २० लाख ९०० मात्रव्यापारीलाई विशेष
समानुपातिकरु. ३५ लाख मात्ररु. ३५ लाख ४ सय मात्रनो बार्गेनिङ्ग
स्वतन्त्ररु. ४५ लाख मात्ररु. ४५ लाख ७ हजार मात्रमंत्री बन्ने पक्का
नेता – संसदीय दलरु. ६० लाख मात्ररु. ६० लाख ५ रुपैंयाँ मात्रकमिसनको व्यवस्था
उपनेता – संसदीय दलरु. १५ लाख मात्ररु. १५ लाख ३०० मात्रकमिसन छैन
सचेतकरु. १० लाख मात्ररु. १० लाख ५ हजार मात्रफिप्टी फिप्टी
श्रोत :
gajureal.com
(नोट : सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष्य, गुट प्रमुख र उप प्रमुखका सन्दर्भमा डलर तथा युरो नोटमा लेनदेन हुनेछ । साथै उच्च गोपनियता कायम गरिनेछ ।)

शर्तहरु :-
-होटेलमा बस्नु परेमा २०% सेवाशुल्क लाग्नेछ ।
-बिक्री भईसकेका सांसद फिर्ता हुने छैनन् ।
-अपहरित सांसद किनबेचको डबल चार्ज लाग्नेछ ।
-राम-रमाईलो गर्नु गराउनु परेमा माथीको लागत थाई भाटमा लिईनेछ ।

(पुनश्च : कृपया चित्रबहादुर र चित्रबहादुर जस्ता बिचित्रबहादुरहरुले कष्ट नगर्नुहोला !)

-डाईरेक्टर
पोलिटिकल पावर-ब्रोकर एसोसिएसन, नेपाल

(Picture : Social Media)

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com