हात्ती पाल्न सौराहामा गार्हो, गैंडा पाल्न कहाँ गार्हो !

प्रकाशित मिति: ११ बैशाख २०७८, शनिबार ११:३७

‘कोरोना फैलाउन राजनीतिक दलकै भूमिका बढी छ ।’ -डा. बाबुराम मरासिनी, जनस्वास्थ्यविद
कोरोनामात्र हैन, रोना र धोना पनि फैलाएका छौँ ।’ –राजनैतिक दलदलहरु

झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट राखिँदै ।
राखिँदै रहेछ, राखिएपछी पत्याउँला !

‘ओलीले बनाएको स्थायी कमिटीको कुनै अर्थ छैन’: वामदेव गौतम
‘अस्थाई कमिटी भनेको भए अलिअली अर्थ राख्दो हो !’ –माधव नेपाल

आज धरहरा उद्घाटन हुँदै, तत्काल अवलोकन गर्न भने नपाइने !चढ्नलाई होईन, हेर्नचाही पाईन्छ ।फेसबुकमा सेक्न जति नि पाईन्छ

कोरोनाले आक्रान्त दिल्लीबाट जहाजमा दैनिक ३ सय यात्रु, अनुगमनबिनै नेपाल प्रवेश 
नेपालमा कोरोनाको कोटा पूरा गर्न भारतको योगदान !

सौराहाको व्यथा : गरीबलाई हात्ती पाल्न गाह्रो !
नेपालकै कथा हो नि, हात्ती र गैँडा  पाल्दा पाल्दै ढुकुटी खोक्रो भईसकेको छ !

कोरोना कहर : हेटौँडामा आइतबारदेखि सवारीमा जोर-बिजोर प्रणाली लागू हुने
जनप्रदर्शन र पार्टी भेलामा भने चोर-कि-चोर प्रणालीको माग !

पन्छाइए नेपाल पक्षधर : न स्थायी कमिटीमा, न विभागीय जिम्मेवारीमा
नेपाल पक्षधर पन्छाएर भारत पक्षधर ल्याईए कि चाईना पक्षधर ?

शेरधन राईलाई गाली गरेको आरोपमा बालिका खड्का पक्राउ बाल-बालिका बचाउँ, जेष्ठ नागरिक जाेगाउँ  ! अब अख्तियारले रंगेहात पक्राउ गर्न पाउने छैन !’ –सर्वोच्च अदालत
कसैलाई पक्राउ गर्न परे हातको रङ सफा गरेरमात्र समात्नु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com