यो सरकार रहँदैमा अक्सिजनको खोलो बग्छ ? त्यो सरकार आउँदैमा कोरोना डराएर भाग्छ ?

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार १६:३४

-याे सरकारले मात्रै महामारी नियन्त्रण गर्न सक्ने हो ?

-नयाँ सरकार बन्नासाथ भाईरस कन्ट्रोल हुन्छ र ?

-बिरोधीलाई सिध्याएपछि मात्रै खोप आउने हो ?

-यो प्रधानमन्त्री ढल्नासाथ देशमा अक्सिजनको खोलो बग्ने हो ?

-त्यो प्रधानमन्त्री बन्नासाथ रेम्डीसिविर उपलब्ध हुने हो ?

-संसद बस्नासाथ अस्पतालमा बेड उपलब्ध हुने हो ?

-सरकारलाई धारेहात लगाएर स्वास्थ्यकर्मीको आत्मबल बढ्छ ?

-बिपक्षीको खेदो खनेर सुरक्षाकर्मीको मनोवल उच्च हुन्छ ?

-नयाँ गठबन्धन बन्दैमा संक्रमितहरुले उपचार पाउँछन् ?

-पुरानो गठबन्धन भत्काउँदैमा क्वारेन्टाइन बन्छन् ?

-सांसद खरिद गर्दा लकडाउन भएका जनताले खान पाउँछन् ?

-माननीय बिक्री गरेर अर्थतन्त्र बलियो बन्ने हो ?

-बहुमत पुग्नासाथ संक्रमितकाे अक्सिजन लेभल बढ्छ ?

-अल्पमतमा रहनासाथ श्वास फेर्न सजिलो हुन्छ ?

-राजनैतिक गतिबिधीले नागरिकको ईम्युन पावर बढ्छ ?

उत्तर : अहँ, बढ्दैन । हुँदैन । चल्दैन । मान्दैन । छेकिदैन। कन्ट्रोल हुँदैन । झन् बरबाद हुन्छ !

त्यसैले सिङ्गो देश महामारी नियन्त्रणको एक शुत्रीय एजेण्डामा होमिनु जरुरी भएको छ । महामारी नियन्त्रणमा नअाउन्जेल सत्तपक्ष/प्रतिपक्ष/बिपक्ष/निस्पक्ष सबैले आफ्ना राजनैतिक खेल/झेल/बेमेललाई पुर्ण रुपमा लकडाउनमा राख्न मिल्दैन र ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com