वामनेताहरुमा Red Fungus लक्षण, राष्ट्रिय सभामा देखियो संक्रमण !

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहीबार २०:४३


भारतमा कोरोना महामारीसँगै अाँखा संबन्धी राेग   ‘Black Fungus’ देखिएको छ । यता नेपालमा भने Black fungus मिल्दोजुल्दो  ‘Red Fungus’ को खतरा बढेको छ । विशेष गरेर ‘वाम नेता’मा Red fungus ले संक्रमण गरेकाे देखिन्छ । यसको पहिलो लक्षण आज भएको राष्ट्रिय सभाको चुनावमा देखिएको छ ।

नेपालीमा ‘रातो ढुसी’ भनिने Red fungus लागेपछि बहुमत पचाउँन नसक्ने तथा एकता बचाउँन नसक्ने समस्या देखिन्छ । जनताको ज्यानभन्दा ठूलो आफ्नो पद प्यारो लाग्छ । आफन्तको साथभन्दा पराईको लात मीठो लाग्न थाल्छ ।

Red Fungus कै कारण आज सात जनाको मन्त्री पद खुस्किएको छ । त्यसैगरी आकासम गर्जिरहेको शक्तिशाली बादललाई Red Fungus ले आजै दलदलमा पुर्याएको छ ।

बाम नेतालाई बढी च्याप्ने भएपनि Red fungus को नेपाल भेरियन्ट अन्य बिचारका नेतामा पनि चाँडै सर्ने बताईन्छ । Red fungus को तत्काल नियन्त्रण नभए Black fungus भन्दापनी खतरा हुने देखिन्छ जसले कोरोनाको महामारीलाई अझै लम्ब्याईदिन सक्छ !

*डिस्क्लेमर 
गजुरीयलडटकमरियल कुराहरूको गजुरियल टिप्पणी हो । यहाँ प्रकाशित सामाग्रीहरू अर्धसत्य मात्र हुन् । कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुने छैन, भूलसुधारको सुन्दर अवसर पनि बन्नेछ 😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com