‘जिग्री’ले किन गरे ‘बिर्सने रोग’को कुरा ? उपचार यस्तो !

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहीबार १४:१९


वास्तवमा यो देश नबनेको नै “बिर्सने रोग” लागेर हो । यो एक प्रकारको घातक दीर्घरोग हो । यो रोगले नेता र जनता दुबै ग्रसित छन्

यो रोग लागेपछि नेताहरुमा जनताका समस्याहरु बिर्सने, चुनावमा गरेका वाचाहरु भुल्ने, ईमान्दारिता हराउने, उपचार नपाएर जनता मरेको नदेख्ने, गरिब-दु:खी जनताको रोदन नसुन्ने, देश बेच्न मन लाग्ने, खाली कुर्सी मात्र देख्ने आदी लक्षणहरु देखा पर्दछन् ।

यो रोग लागेका नेताहरु भ्रष्टचारी, नालायक र देशद्रोही हुने गर्दछन् ।
त्यस्तै यो रोग लागेपछी जनताहरुमा नेताहरुले देशको लागी सिन्को पनि नभाँचेको बिर्सेर मासु चिउरामा बिक्ने, चरम भ्रष्टचार गरेको बिर्सेर आमसभा जुलुसमा हिड्ने, नेता चुनाव जितेर गए पछी फर्केर पनि गाउँमा नआएको कुरा बिर्सेर मोटरसाईकल र्यालिमा हिड्ने, महामारी र बिपत्तिमा देश लुटेको बिर्सेर पार्टिको झन्डा बोकेर हिड्ने, जनता बिर्सेर खाली कुर्सिको लागीमात्र झगडा गरेको बिर्सेर तेरो भन्दा मेरो पार्टी राम्रो भन्दै आफु आफुमा हानाहान गर्ने, आफ्नो स्वार्थको लागी देश बेचेको बिर्सेर चुनाव आएपछी फेरी ति नै नेताहरुलाई जिताउन हिड्ने आदी लक्षणहरु देखा पर्दछ ।

त्यसैले देश बचाउनु र बनाउनु छ भने बेलैमा “बिर्सने रोग” को उपचार गरौँ ।
बिर्सने रोग बाट बच्ने उपाय हरु:-
१. कार्यकर्ता हैन, देशको जनता बन्ने
२. पार्टिको हैन, देशको झण्डा बोक्ने

यति गरेपछि “बिर्सने रोग” ठिक भएर “सम्झिने समाधान” निस्किन थाल्दछ । र, नेताहरुको सफल उपचार गर्न हामी सक्षम हुनेछौँ ।

-“बिर्सने रोग”बाट आफु पनि बचौँ र अरुलाई पनि बचाउँ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com