एमालेको कार्यदल, छलफल कि दलदल ?
प्रकाशित मिति: 7 July, 2021 7:06 pm
माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारी
उसले उसको उजुर गर्यो, उसले त्यसको उजुर गर्यो- उजुर वाजुर गर्दागर्दै दुबै सर्प मर्यो !
७५ औं वर्षमा पूर्वराजा ज्ञानेन्द्र, उत्सवको रुपमा नमनाउने
अर्को साल पार्टीहरुले नै मनाई दिने !
वैशाख यता १८ पुल भत्किए : खोलालाई दोष, सरकार-ठेकेदार निर्दोष !
खोलालाई हैन पुललाई दोष दिनुपर्छ, त्यस्ता ठेकेदारको सङ्गत किन गर्नु !
बजारमा नक्कली उत्पादनको बिगबिगी : प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पनि संलग्न
सल्लाहाकार नक्कली कि माल नक्कली !
‘बबरमहल घटनामा शिक्षा मन्त्रीले सार्वजनिकरूपमा माफी माग्नुपर्छ’: छविलाल विश्वकर्मा’
को माईकेलाल छ पावर गभर्मेन्तको पावरफुल इजुकिसन मिनिस्तरलाई माफी मगाएर ल्याउने !’- शिक्षामन्त्री
आयोजनालाई नै थाहा छैन अब कहिले आउँछ काठमाडौंमा मेलम्चीको पानी
थाहा पाउन आयोजनाले ज्योतिषीको सहायता लिने !
एमाले कार्यदलको साढे तीन घण्टा लामो बैठक पुगेन टुंगोमा : बुँदागत छलफल तर जुटेन सहमति
कार्यदललाई अब उप्रान्त कार्य दलदल भनिने !
रामचन्द्र पौडेलको प्रस्ताव : देउवालाई प्रधानमन्त्री छाडेकै छ, मलाई सभापति छाडिदिनोस्
मर्नुअघी सुन्दरी प्रतियोगितामा भागलिने वृद्ध हजुरआमाको ईच्छाजस्तो !
विदेशबाट ल्याइएका मोबाइल फोनमा साउनदेखि ‘कर लाग्ने’, दर्ता नगरी ल्याइएका फोन ‘नचल्ने’
करका कर्मचारीलाई उपहार ल्याईदिए चल्न पनि सक्ने !
कञ्चनपुरमा मिठाइ चोरेको आरोपमा दुई युवक पक्राउ
मिठाईचोर पक्राउ, ढुकुटीचोर रिहा !