वल्लोघर कामरेड पल्लोघरमा जामरेड, पल्लोघरको कौसीबाट डङ्ग्रङ्गै हामरेड ! के हो ?

प्रकाशित मिति: २५ असार २०७८, शुक्रबार १२:०३

एमाले कार्यदलको बैठक आज पनि, नेम्वाङ भन्छन्– ‘आजको बैठकले निष्कर्ष दिन्छ’
निष्कर्ष नदिए ईस्-कर्ष दिने पक्का !

ओली पक्ष गल्यो, फागुन २३ पछिका सबै निर्णय खारेज हुनुपर्ने माधव पक्षको अडान कायमै
ओली पक्ष गल्यो, नेपालपक्ष बल्यो
झलपक्ष चल्यो, एमाले पक्ष ढल्यो !

सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन पक्राउ
अफिसमा गरौं सिसि क्यामेरा, गाडीमा गरौं रिसि क्यामेरा ! क्या फसाद !

मेलम्ची विपद् : आश्वासन आयो, सहयोग आएन
कि सरकार पीडितको आवाज सुन्दे, कि जनता मेलम्चि थुन्दे !

७२ घण्टाभित्र माग पूरा नभए पेट्रोल पम्प बन्द गर्ने र ढुवानी रोक्ने विद्यार्थी संगठनको चेतावनी
गाडी चढेर आन्दोलनमा जानुपर्छ, बन्द नगरौं !

कांग्रेसको प्रश्न- बिपी प्रतिष्ठानको आन्दोलनमा प्रधानमन्त्री ओली किन मौन ?
किनकी नयाँ जोक तयार भएकै छैन !

निवेदनबारे जानकारी लिन निर्वाचन आयोग जाँदै माओवादी परित्याग गरेका नेताहरु
ओल्लोघरको कामरेड पल्लो घरमा हामरेड
पल्लोघरमा हामफालेपछी डङ्ग्रङ्गै झ्वामरेड !

लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै, नियन्त्रणका लागि झापा प्रहरी आक्रामक बन्दै
पुलिस आक्रामकतिर, दुर्व्यसनी आक्रमणतिर !

‘‘विवाहले पुरुषलाई अत्यधिक लाभ, महिलालाई हानीबाहेक केही गर्दैन’ विज्ञको दाबीमा सुरु भयो बहस
बहसकर्ताले भने- लाभ-हान्नी त दुबैलाई हुन्छ !

चीनले पार्टीको शताब्दी वर्ष मनाइरहँदा सी प्रतिको अन्तर्राष्ट्रिय विश्वासममा गिरावट
विश्व बिश्वासको वातावरणभन्दा श्वास प्रश्वास वातावरण खोजी रहेको छ ।

(तस्विर : सोसियल मेडिया)

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com