CO-PA Nepal फुट्-Ball खेल : ड्र कि विड्र ?

प्रकाशित मिति: २७ असार २०७८, आईतवार १३:४०

प्रदर्शनमा प्रहरी हस्तक्षेप, नारायण वाग्लेसहित १७ जना पक्राउ
पुलिस आए, १७ जना समाए- समयको नास ! बेलुका छोडी हाल्ने हो क्यारे !

एमाले छोडेर ७० जना कलाकर्मीले गरे काँग्रेस प्रवेश
तिनै ७० पर्सी माओवादीमा पनि प्रवेश गर्ने कार्यक्रम !

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रभावित पार्ने गरी सहमति नगर्ने नेपालको अडान
जेठी छोडौँ घरबार जान्छ, कान्छी छोडौँ माया लाग्छ- मैँ परे दोधारैमा !

एमाले कार्यदलको बैठक सकियो, सुवास नेम्वाङ भन्छन्- ‘भोलि बिहान सुखद् समाचार सुन्न पाउनुहुन्छ’
ओलीकालागि सुखद कि नेपालकालागि सुखद, त्यो खुलाउन चाहेनन् !

‘उचित कारण दिए सभापति अरूलाई छाड्न तयार छु’: रामचन्द्र पौडेल
उचित कारण यही हो कि वनवास जानेबेलामा लोभ गर्नु अनुचित हो !

एलेक्सा नाम भएका बच्चाका आमाबुवाले अमेजनलाई दिए चुनौती, ‘दादागिरी’ गरेकाे आराेप
एलेक्सा !! के लेख्छ ??

विवादित लोलुङजोङ क्षेत्रको निरीक्षणमा पुगे कर्णालीका मुख्यमन्त्री शाही, कांग्रेस संसदीय दलका नेता पनि साथमा
विवाद मिलाउन गएका मुख्यमन्त्री र काङ्ग्रेस संसदीय दलका नेताबिच पनि विवाद !

‘पाटे बाघ नेपालको वंशज जनावर हो, यसलाई बंगाल टाइगर नभनौं’: प्रम ओली
काम बाहेक नजानेको बिषय केही छैन बाले !

प्रचण्डसँगको भेटबारे माधव नेपालको स्पष्टीकरण : ‘स्वास्थ्यबारे जानकारी लिने बाहेक अरु कुरा भएन’
जनैमा खटिरा आएको हो कि खटिरामा जनै लाएको हो ?

जसपाका मन्त्री हरिशरण आचार्य अर्थको दाबी छोडेर उर्जा मन्त्रालयमा सहमत
कतिदिन खान पाईने हो थाहा छैन । हप्तादिननै भएपनी रोज्जा मन्त्रालय त लिनै पर्यो ।

कोपा अमेरिका फुटबलको क्रेज नेपालीहरुमा पनि
COPA America को Football मात्र हैन, COPA Nepal को फुट्-बल पनि कम रोमान्चक छैन । COPA Nepal अर्थात् Co-mmunist Pa-rty of Nepal ‘फुट्-बल’ भने ‘ड्र’मा टुंगिने सम्भावना छ । 

(तस्विर : सोसियल मेडिया)

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com